हिमाली प्राचिन बस्ती – झोङ गुफा ओझेलमा

१६ आश्विन २०६९, मंगलवार ०६:१२ मा प्रकाशित

चन्द्रश्ववर बस्ताकोटी, जोमसोम, मुस्ताङ, १६ असोज । हिमाली जिल्ला मुस्ताङमा रहेका परातात्विक महत्वका गुफाहरुको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेका छन । मुस्ताङमा रहेको ५ तले छोसेर गाविसमा अवस्थित झोङ गुफा समुन्द्री सतहबाट करिव २९.२३५८३० उत्तरी अक्षांश, ०३८.९८२७८० पूर्वी देशान्तर र ४ हजार मीटरको उचाइमा रहेर पनि ब्यापक प्रचार प्रसार हुन सकेको छैन । गुफाको ब्यापक प्रचारप्रसार हुन सके आन्तरीक एव बाह्य पर्यटकको घुइचोनै लाग्ने छोसेरका शंखलाल गुरुङ बताउनु हुन्छ ।
प्राचिन मानिसहरुको घर मानिने यस गुफामा ५ वटा तला र करिव १०० वटा कोठाहरु छन् । यस गुफा वा घरमा धेरै समय पहिले करीव ५०० जना मानिहरुको वसोवास थियो भन्ने भनाई छ । स्थानियहरुले यसलाई पुरानो बस्ती गाउँको सज्ञा दिने गरेका छन । गुफामा जाने एउटा गेट छ र गेटको भित्र माथी तलामा जाने ढोका छ । यस गुफाभित्र प्राचिन मानिसहरुले प्रयोग गर्ने भाडाकुँडा, लगाउने कपडा, जुत्ता, चप्पल र उनीहरुले प्रयोगमा ल्याएको समानहरु देख्न सकिन्छ । यो गुफा एउटा ठुलो चट्टानबाट निर्मित पहाडजस्तै छ । गुफा बाहिरबाट हेर्दा पहाडजस्तो देखिएपनी यस भित्र खाना पकाउने कोठा, सुत्नेकोठा र ट्वाइलेट अझै पनि छन् । जब यस गुफाको पाँचौ तलामा पुगी झ्याबाट बाहिर हेरिन्छ अनि आनन्दको अनुभुती हुन्छ । तर यस गुफामा अहिले भने मानिसको बस्ती छैन । यसको आसपासमा पनि अन्य स–साना प्रसस्तै गुफाहरु छन् । यी गुफामा अझैपनी मानीसहरु बाहिर घरको आवरण बनाएर बस्दै आएका छन् ।
उपल्लो मुस्ताङ पुग्ने जोकोहीलाई पनि सुन्दर अनी कलात्मक पहाडले लोभ्याउने गर्दछ । गुफा सम्बन्धि २५सय वर्ष अगाडीको एउटा महत्वपूर्ण ऐतिहासिक कथन छ । यस गुफामा धेरै तलाहरु र प्रत्येक तलामा धेरै कोठाहरु छन् । एकदिन हजगाभा भन्ने तिब्बतियन समूहले यस गाउँलाई आक्रमण गर्न खोजेछन् र त्यस गुफाभित्र जाने प्रयास गरेछन तर सकेनछन् । त्यहाँ जान नसकेपछि त्यस गाउँमा आउने पानिको मुहान नै बन्द गरीदिएछन् । त्यसपछि गाउँलेहरुले निकालेको जुक्ति अनुसार एकजना महिलाले आफ्नो टाउको तोरीको तेलले नुहाइन् । उक्त कुरा देखेपछि त्यस समुहले यहाँ त नुहाउने पानी पनि त रहेछ, खाने पानी त किन नहोला र भन्ने ठानी आफुहरु हार मानेर त्यहाँबाट भागेछन् । यसरी यस गुफालाई गाउँलेहरुले बासस्थान मानेका छन् ।
मुस्ताङका यस्तै गुफाहरुमा एक हजार बर्ष पुराना मानब अबशेष पाईएको केहि समय अगाडी सार्वजनिक भएको थियो । अमेरिकन र नेपाली बैज्ञानीकहरुको टोलीले ३ बर्ष लगाएर उक्त तथ्य पत्ता लगाएको भनाई छ ।
हिमाली जिल्ला मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोमबाट यस गुफामा पुग्न करिव ३ दिनको पैदल यात्रा गर्नुपर्दछ । झोङ गुफा पुग्न जोमसोमबाट कागवेनी, छुसाङ, घमि, चराङ, लोमान्थाङ हुदै छोसेर सम्मको यात्रापछि यस गुफामा पुगिन्छ । केहि बर्ष अगाडी अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमन्थाङको पहलमा सामान्य मर्मत गरे पछि हिमालयन छोसेर युवा क्लवले यस गुफाको संरक्षण गर्दै आइरहेको छ । यस गुफाको अगाडी एउटा ठूलो फुटवल ग्राउण्ड बनाइएको छ । यस गुफाको ब्यापक प्रचार–प्रसार गर्नसके पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपुर्ण सम्भावना बोकेको देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार