अभिनेत्री रेखा थापा र निर्माता छविराज ओझा डिभोर्स पछि पनि सँगै

१५ आश्विन २०६९, सोमबार २३:०९ मा प्रकाशित

काठमाडौं। श्रीमान् श्रीमती जब सागै बस्न नसक्ने अवस्थामा पुग्छन्। तब उनीहरूले दाम्पत्य सम्बन्ध तोड्छन्। यो क्रम नेपाली सिनेवृत्तमा निकै मौलाएको छ। तर दाम्पत्य जीवन तोडेर पनि उनीहरू पेसागत एकता र सहकार्य भने टुटेको छैन।
यस्तै अभिनेत्री रेखा थापा र निर्माता छविराज ओझाबीचको दाम्पत्य सम्बन्ध टुटेको आधा वर्ष भयो होला। तर पेसागत रूपमा यी दुईबीच फेरि हिमचिम बढेको छ। आफूहरू सहमतिमा छुटिएकाले पेसागत कार्यमा सागै अगाडि बढ्ने योजना रहेको निर्माता छवि ओझाले बताएका छन्।
सोही योजना स्वरूप आफ्नो ब्यानर छविराज प्रोडक्सनबाट बनाउन लागेको चलचित्र ‘हमेशा’मा ओझाले रेखालाई नायिकाको रूपमा अनुबन्धित गरेका छन्।
यसै साताबाट छायांकन सुरु हुने भनिएको हमेशामा आफू आबद्ध भएपछि अभिनेत्री रेखा थापाले पनि सोहीअनुसारको तयारी गरेकी छिन्। विविध कारणले दम्पतीका रूपमा आफूहरू अब नरहे पनि छविलाई अभिभावक मानेर पेसागत रूपमा सागै अगाडि बढ्ने धारणा अभिनेत्री थापाको छ। दम्पती नरहे पनि कुशल साथी तथा एकअर्काका शुभचिन्तकको रूपमा अहिले पनि आफूहरू रहेको थापाले बताइन्।
यता ओझाले पनि अभिनेत्री थापा नेपालकै सक्षम अभिनेत्री भएकाले उनलाई आफूले चलचित्र हमेशामा अनुबन्धित गरेको बताएका छन्। यसअघि रेखा फिल्मको ब्यानरमा सिनेमा बनाउादै आएका ओझाले रेखासागको दाम्पत्य जीवन टुटेपछि आफ्नो नाममा छविराज प्रोडक्सन खोलेका हुन्। यो प्रोडक्सनको पहिलो फिल्ममै उनले रेखालाई अभिनेत्रीको रूपमा अनुबन्धित गरेका छन्।
यता रेखाले पनि चलचित्र हमेशाका लागि आफूलाई दुब्लो बनाएकी छिन्। सो फिल्मका लागि दुई महिना लगाएर १० केजी तौल घटाएको उनले जानकारी गराइन्। हमेशामा खोजीको चरित्रअनुसार फिट हुन आफूले तौल घटाएको उनले प्रकाश पारिन्।
फिल्म हमेशामात्र हैन, आउादा दिनमा अरु सिनेमामा पनि निर्माता ओझासागको आफ्नो पेसागत सहकार्य निरन्तर रहने यी अभिनेत्रीले बताएकी छिन्।
दाम्पत्य जीवन टुटे पनि पेसागत सहकार्यलाई सागै अगाडि बढाउने अरु अभिनेत्रीहरू पनि यहा नभएका हैनन्। जसमध्ये सुस्मिता बमजन पनि एक हुन्।
एक समय उनी अभिनेता भुवन केसीकी पत्नी सुस्मिता केसीका नामले परिचित थिइन्। आधा दशकअघि उनीहरू कानुनी रूपमा अलग भए। त्यसपछि पनि केही वर्षसम्म केसी थर लेख्दै आएकी सुस्मिताले तीन वर्षअघिबाट बमजन थर लेख्न थालेकी हुन्।
दाम्पत्य जीवनबाट अलग भए पनि भुवन र सुस्मिताले पेसागत सहकार्यलाई सागै अगाडि बढाएका छन्। गत वर्ष अभिनेता केसीले चलचित्र ‘साथी म तिम्रो’ निर्माण गरे। यो चलचित्रको छायांकनदेखि रिलिजसम्म पनि भुवनलाई सुस्मिताले साथ दिए। अब सुस्मिता स्वया सिनेमा निर्माणको तयारीमा छिन्। जसमा उनलाई भुवनले साथ दिने बताएका छन्।
आफूहरू दम्पती नरहे पनि एउटै सन्तानका बुबा आमा रहेको यी दुईको भनाइ छ। त्यसैले आफूहरूबीचको सम्बन्ध अहिले पनि साथीको रूपमा यथावत् रहेको यी दुईले बेलाबेलामा बताउादै आएका छन्। यता नयाा सिनेमा निर्माणको योजना बनाएका भुवनले सो सिनेमाको लागि सुस्मितासाग अहिले पनि सल्लाह लिने गरेका छन्। यस्तै दाम्पत्य जीवनबाट सृजना बस्नेत र सुरेन्द्र शाह अलग भएको तीन वर्ष नाघ्यो। यी दुईबीच पनि पेसागत सहकार्य दुई वर्षसम्म जारी रह्यो।
निर्देशक सुरेन्द्र शाहले अर्को विवाहसमेत गरिसकेका छन्। डिभोर्सपछि पनि सुरेन्द्रसाग सिर्जनाले थुप्रै म्युजिक भिडियोमा काम गरिन्। पछिल्लो समय शाह प्रायः म्युजिक भिडियोको निर्देशनमा व्यस्त रहने गरेका छन्। उनको म्युजिक भिडियोमा अहिले पनि सिर्जना बस्नेत नै मोडल रहने गरिन्।
दाम्पत्य जीवनबाट अलग भए पनि पेसागत रूपमा अहिले पनि राम्रै रहेको केही समयअघि सिर्जनाले बताएकी थिइन्। तर विगत ९ महिना यताबाट यी दुईको सम्बन्ध केही चिसो भएको छ। जुन कुरा सुरेन्द्रले पनि स्वीकारे। त्यसैले पछिल्लो समय सागै काम गर्ने नगरेको शाहले बताए।
यसरी नेपाली सिनेमाबाट धेरै दम्पत्तीहरू कानुनी रूपमा अलग भइसकेका छन्। तर पेसागत सहकार्यलाई उनीहरूले अहिले पनि निरन्तरता दिादै आएका छन्। जसलाई सकरात्मक मान्नु पर्दछ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अहिले नेपाली चेली भारतीय सञ्चारमाध्यमहरुमा छाएकी छिन् । अभिनेत्री सुष्मा अधिकारी चलचित्र क्षेत्रकी चर्चित अनुहार हुन् । ‘रोग हो

काठमाडौं । गायिका सुजाता केसीले ‘कुरा सिधा छ’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छन् । रमेश परियारको शब्द तथा संगीत

एजेन्सी । बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खान ड्र ग घटनालाई लिएर लगातार चर्चामा छन् तर यसले उनकी छोरी

मुम्बई । बलिउड अभिनेत्री माधुरी दीक्षितले आफ्ना नयाँ तस्वीरहरू सार्वजनिक गरेकी छिन् । निलो आकाशे रंगको लहेँगामा देखिएका माधुरी निकै

आजको प्रमुख समाचार