धमाधम नायिका फालिंदै

१५ आश्विन २०६९, सोमबार २३:०३ मा प्रकाशित

काठमाडौं । बाहिर तामझामपूर्ण जीवनशैलीमा बाँचे झैं देखिने सिने कलाकारहरुको जीवनको भित्री कथा भने सोचेजस्तो नहुँदो रहेछ । अझ त्यसमाथि नायिकाहरुले पर्दामा झुल्किन थुप्रै पापड पेल्नुपर्दोरहेछ । निर्देशक र नायिकाबीच विवाद बढेपछि पछिल्लो एक हप्तामा दुईजना नायिका फालिनुले यही देखाउँछ ।

नायिका सुष्मा कार्की ‘वार’ बाट आउट भएको एकहप्तापछि नै अर्की नव नायिका सुष्मिता शाही पनि फालिएकी छिन् । कमलकृष्णले निर्देशन गर्ने सिनेमा ‘बनाना’मा खेल्ने पक्कापक्की भएपनि बढी एक्स्पोज दिनुपर्छ भनेपछि आफूले उक्त सिनेमा खेल्न नचाहेको सुष्मिताले दाबी गरेकी छिन् ।

यता कमलकृष्णले भने सुष्मितासँग सम्झौता नै नभएकोले आफ्नो फिल्म लत्याएको भन्ने सुष्मिताको दाबी हावादारी भएको बताए । यद्यपि आफूले एक्स्पोज नगरे अहिलेको जमानामा फिल्म नचल्ने भन्दै यसको लागि तयार हुन आग्रह गरेको भने उनले स्विकारे । उनले भने, ‘अहिले फिल्म रुएर होइन देखाएर चल्छ ।’

यो किसिमको विवाद नेपाली सिनेमा नयाँ भने होइन । नायिका शोभिता खड्काले बेड सिन र किस सिन दिन नमान्दा ‘लाष्ट किस’ ्सँग लफडा परेको थियो । स्विमिङ पुलमा किस दिन लगाउँदा नायिका हच्किएकी थिइन् । पछि यो विवाद मिलेको थियो ।

त्यस्तै नायिका सुष्मा कार्कीले पनि आफूलाई ‘वार’मा निर्देशकले भल्गर दृश्य दिन बल गरेकोले चलचित्र नै छोडेको दाबी गरेकी छिन् । तर निर्माण पक्षले भने सुष्माले फिल्मलाई भन्दा बढी समय आफ्नो ब्वाइप|mेन्डसँग बिताएकोले निकालेको बताएको छ । सुष्माको विवाद यहीं टुंगिंदैन । ‘नोटबुक’ गीतमा एक्स्पोज दिने पहिरन लगाउँदा सुष्मालाई उनका ब्वाइप|mेन्डले रोकेका थिए ।

सेक्स ओरियन्टेड सिनेमा बढ्दै जाँदा यस्ता विकृति समेत छताछुल्ल हुन थालेको छ, पछिल्लो समय । ‘सिनेमा भनेको सेक्स दृश्य मात्रै हो भन्ने गलत बुझाइले यस्तो भएको हो,’ निर्देशक नरेश पौडेल भन्छन् ।

नायिका अनु शाह र ‘नागरिक’ सिनेमा निर्माण पक्षबीच समेत विवाद बढेको थियो, एक महिना अघि मात्रै । साथै हषिर्का श्रेष्ठालाई निर्देशक सुरज सुब्बाले थाहै नदिई निकालेका थिए । सिनेमालाई मुनाफा कमाउने साधन मात्रै ठान्दा यस्ता विकृतिका पर्दा समेत दिनदिनै उघि्रदैछन् । ‘निर्देशकले मलाई ठाडै कपालले मात्रै शरिर छोप्नुपर्छ भनेपछि म झसंग भएँ,’ शाही भन्छिन् । खै नेपाली सिनेमामा अभिनेत्रीले झस्किनु पर्ने दिन कहिलेसम्म रहने हो ?

Source: filmnepal

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड अभिनेत्री अलाया एफ सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी प्राय: आफ्ना हट र बोल्ड तस्वीरहरु फ्यानहरुसँग सेयर गर्छिन्। अहिले

एजेन्सी । बलिउड अभिनेता ज्याकी श्रफकी छोरी कृष्णा श्रफ आफ्नो बोल्डनेशका कारण प्राय चर्चामा आईरहन्छिन् ।फिल्मी तथा ग्ल्यामरस क्षेत्रबाट दुरी बनाएकी

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई भारत छोड्न प्रतिबन्ध लगाइएको छ । उनलाई आइतबार मुम्बई विमानस्थलमा रोकिएको हो । उनी

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्

आजको प्रमुख समाचार