एमालेको जनप्रदर्शन सरकारविरुद्ध लक्षित रहेको गौतमको दाबी

१५ आश्विन २०६९, सोमबार २१:०४ मा प्रकाशित

काठमाडौँ, १५ असोज । एकीकृत नेकपा माओवादीलगायतका सत्ताधारी दलको मोर्चाले देशव्यापी रुपमा गर्ने भनेको सभा सहमतिको नाममा मोर्चाका संयोजक प्रचण्डले फिर्ता लिएका छन् । तर, नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले भने आफ्नो पार्टी एमालेले असोज १९ को जनप्रदर्शनलाई एमाओवादीका नेतृत्वको सरकारविरुद्ध ऐतिहासिक बन्ने दाबी गरेका छन् ।
प्रदर्शनको तयारीका क्रममा एमालेका उपत्यका विशेष समन्वय कमिटीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिँदै उनले एमाओवादी र मधेसी मोर्चा आफ्नो सरकारको नेतृत्वमा चुनाव गराउने षड्यन्त्रमा लागिरहेकाले यस्तो अवस्थामा जनआन्दोलनकै माध्यमबाट देशको सङ्कटमोचन गर्नु एक मात्र विकल्प रहेको बताए । सो अवसरमा एमालेका सचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिको समस्या समाधानका लागि एमालेको अगुवाइमा बृहत् जनप्रदर्शन तयारी गर्न लागिएको जानकारी दिए । एमाले उपत्यकाका समितिका संयोजक कृष्णगोपाल श्रेष्ठले प्रदर्शनीको आन्तरिक तयारी पूरा भएको जनाए । १९ गते काठमाडौँ उपत्यकाका सम्पूर्ण क्षेत्रबाट आउने सहभागीले रत्नपार्कमा जम्मा भई सहरका विभिन्न क्षेत्रमा जुलुसका रुपमा परिक्रमा गर्ने नेता गौतमले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार