भट्टराईसंग चिढिए चन्द

१५ आश्विन २०६९, सोमबार २०:४५ मा प्रकाशित

नेपालगञ्ज, १५ असोज । पञ्चायतकाल र प्रजातन्त्र स्थापनापश्चात पनि प्रधानमन्त्रीको जिम्मेवारी पाएका नेता लोकेन्द्रबहादुर चन्द नेपालका समकालीन नेताहरुमध्ये सबभन्दा भलादमी व्यक्तिका रुपमा चिनिन्छन् । विपक्षीहरुप्रति ताखो बोली उनले गरेको सुन्न पाइनु दुर्लभजस्तै मानिन्छ । तर यस्तो छबि बनाएका व्यक्तिसमेत प्रधानमन्त्री डा. बाबुराम भट्टराईको कुर्सीमा टांसिएर बस्ने प्रवृत्तिप्रति चिढीएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका लोकेन्द्रबहादुर चन्दले राजनीतिक सहमतिका लागि प्रधानमन्त्री बाबुराम भट्टराई बाधक बन्न नहुने सुझाव दिएका छन् ।
बाँकेमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकलाई निकास दिने दायित्व प्रधानमन्त्री भट्टराईको रहेको बताए । बाबुराम भट्टराईजस्ता व्यक्तिबाट आफूले यस्तो लिच्चड व्यवहारको आशा नगरेको स्पष्ट पार्दै उनले भने, ‘बलजप्ती कुर्सीमा बसिरहने भट्टराईको प्रवृत्तिलाई राजनीतिमा सही मान्न सकिदैन ।’
उनले राजनीतिक सहमतिका लागि राप्रपाले सहयोग गर्ने बताए । ‘सहमति हुन्छ भने हामीलाई संविधान सभाको पुनःस्थापना वा निर्वाचन दुवै मान्य छ,’ उनले भने । नेता चन्दले मुलुकलाई निकास दिन जिम्मेवारी ठूलो दलको हैसियतले एमाओवादीको दायित्व पनि धेरै रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण