असोज मसान्तपछि राष्ट्रपतिले हस्तक्षेप गर्नुको विकल्प छैन : एमाले सचिव

१५ आश्विन २०६९, सोमबार २०:२७ मा प्रकाशित

काठमाडौ, १५ असोज । नेकपा एमालेका सचिव शंकर पोख्रेलले राष्ट्रपतिले दिएको समयसीमा असोज मसान्तसम्ममा दलहरुले राष्ट्रिय सहमति कायम गर्न नसके स्वयम राष्ट्रपतिले हस्तक्षेप गरेर नयाँ प्रधानमन्त्री दिनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले राष्ट्रपतिले निकासको कदम चाल्न नसके नेपालमा लोकतन्त्र अप्ठ्यारो अवस्थामा फस्ने चेतावनी दिए । प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई सत्तामा कायम राखेर दलहरुवीच कुनै पनि हालतमा सहमति बन्न नसक्ने ठोकुवा गर्दै प्रधानमन्त्रीको विस्थापन सहमतिको प्रस्थान विन्दु हुने उनको कथन थियो ।
माओवादीले निर्वाचन र संविधानसभाको पुनःस्थापना सहमतिका लागिभन्दा पनि सत्ता लम्ब्याउनु भएको प्रमाणित भइसकेको दावी गर्दै पोखरेलले माओवादीलाई सत्ता छाड्न बाध्य बनाउन र राष्ट्रपतिलाई पनि कदम चाल्न उर्जा दिन आन्दोलनको विकल्प नभएको ठोकुवा गरे । एमालेले असोज १९ गते देशब्यापी विरोध गर्न लागेको त्यसैका लागि हो भन्ने तर्क पनि नेता पोखरेलले गरे ।
उनले काग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्ने विषयलाई एमालेले सहज रुपमा लिएको भन्दै सहमति निर्माणको लागी एमालेले सरकारको नेतृत्वमा दावी नगर्ने स्पष्ट पारे । उनले भने–‘काग्रेसको नेतृत्वको दावी जायज छ । हामिले पहिला नै सहमति गरिसकेको विषयमा हामि अडिग छौ ।’
सोही कार्यक्रममा नेकपा मालेका महासचिव सीपी गजुरेलले असोज मसान्तसम्म पनि दलहरुले सहमति गर्न नसके निकासको लागी राष्ट्रपतिलाई नै विकल्प दिनुपर्ने बताए ।
नेकपा संयूक्तका अध्यक्ष चन्द्र देब जोशीले दलहरु दलगत स्वार्थभन्दा माथि उठे मात्रै निकास निस्कने बताउंदै दलहरुले छिटो सहमति नगरे दलहरुको अस्तित्व संकटमा पर्ने र नेपाली जनताले दुख पाउने दिन आउने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने

काठमाण्डाैं।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह

काठमाण्डाैं।निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका