ग्यास र मेडिकल सामग्रीबाहक बाहेकका भारतीय सवारी साधन कब्जा गरिने

१५ आश्विन २०६९, सोमबार २०:१९ मा प्रकाशित

काठमाडौ, १५ असोज । नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले ग्यास र मेडिकल सामान बोकेकाबाहेक सबै भारतीय नम्बर प्लेट भएका सवारी साधनहरु आफ्नो पार्टीले नियन्त्रणमा लिने स्पष्ट पारेका छन् । राजधानीमा सोमबार आयोयोजित साक्षात्कारमा उनले नेपाल र भारतको १० किलोमिटर वरपर गर्न पाउने सम्झौता दुई मुलुकबीच भएकोले सिमा वारिपारि गर्ने भारतीय सवारी साधनलाई भने नरोक्ने बताए ।
गुरुङले भने– ‘चिनियाँ सिमानामै चिनियाँ सवारी साधनले सामान अनलोड गर्दा हुने तर भारतीय सवारी साधनचाहिं नेपाल नै आउनु पर्ने कस्तो प्रचलन ?’ उनले आफूहरुले राष्ट्रियता जागरण गराउने उद्देश्यले सांकेतिक रुपमा यस्तो आन्दोलन सुरु गरेको जिकीर गर्दै आफुहरुको संकेतिक विरोधलाई सरकारले बेवास्ता गरे यसले भिषण रुप लिने चेतावनी दिए । गुरुङले भने– ‘सरकारले रेस्पोन्स गरेको छैन । पेलेर नै अगाडि बढ्ने सोचेको हो भने यो विवाद टुङगिदैन बरु अझै बढेर जान्छ । हामी कुनै पनि हालतमा छाड्ने पक्षमा छैनौ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ