संघीय लोकतान्त्रिक मोर्चाको घोषणा

१५ आश्विन २०६९, सोमबार १५:०४ मा प्रकाशित

काठमाडौ, १५ असोज । राजनीतिक सहमतिको दरकार बढिरहेको परिवेशमा एकपछि अर्को मोर्चा गठन गर्ने प्रवृत्ति पछिल्ला दिनमा झन् बढेर गएको छ । यसक्रममा सत्ता गठबन्धनका दलहरुले मोर्चा घोषणा गरेको डेढ महिनापछि मधेसी र जनजाति दल मिलेर सोमबार अर्को मोर्चा गठन गरेका छन् । राजधानीको थापागाउँमा पत्रकार सम्मेलन गरी सोमबार मोर्चाको घोषणा गरिएको हो ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा नयां मोर्चा ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन गरिएको छ । गठबन्धनमा शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय समाजवादी मधेस पार्टीलगायत ताम्सालिङ नेपाल राष्ट्रिय दल, राष्ट्रिय जनमुक्ति पार्टी, खम्वुवान स्वायत राज्य परिषद, नेपाल शान्ति समाज पार्टी, जनमुक्ति पार्टी आदि आवद्ध रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले