वीर अस्प्तालमा धुत भएर ताण्डव गर्ने राज्यमन्त्रीमाथि कारवाहीको अल्टिमेटम आज अन्तिम दिन

७ चैत्र २०६८, मंगलवार ११:१९ मा प्रकाशित

काठमाडौ, ७ चैत । अत्याधिक मादक पदार्थ सेवन गरी वीर अस्पतालका कर्मचारीलाई दुव्र्यवहार गर्ने स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादवलाई कारबाही गर्न कर्मचारी संघ संगठनले सरकारलाई दिएको अल्टिमेटम आज सकिदैछ । वीर अस्पतालका १५ वटा कर्मचारी ट्रेड युनियन र विभिन्न संघ संगठनले स्वास्थ्यकर्मी, कर्मचारी र सञ्चारकर्मीमाथि राज्यमन्त्रीले दुव्र्यवहार गरेको भन्दै राज्यमन्त्री यादवलाई कारबाही गर्न हिजो २४ घन्टाको अल्टिमेटम दिएका थिए । कर्मचारी संघ संगठनले राज्यमन्त्री यादवलाई कारबाही नभए थप आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल पत्रकार महासंघ, नेपाल चिकित्सक संघ, लगायतले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी स्वास्थ्य राज्यमन्त्रीको दुव्र्यवहारको भत्र्सना तथा कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन

काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन सम्पन्न हुने चरणमा छ । अहिलेसम्म ६४ जिल्लामा वडा तहको अधिवेशन र

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

काठमाडौँ । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित