भारतीय सवारीमा अवरोधबारे भारतले चासो दर्शायो

१५ आश्विन २०६९, सोमबार १३:४६ मा प्रकाशित

काठमाडौं, १५ असोज । हिन्दी चलचित्र र गीतका साथै भारतीय नम्बर प्लेटका सवारी साधनलाई निषेध गर्ने नेकपा माओवादीका कार्यकर्ताको पछिल्ला गतिविधिबारे भारतले असन्तुष्टि जनाएको छ । माओवादीका भारतलक्षित हालैका गतिविधिलाई ुअसल द्विपक्षीय सम्बन्धमा आघात पुर्‍याउने प्रयासु भन्दै नयाँदिल्लीले असन्तुष्टि व्यक्त गरेको हो ।
भारतीय विदेशमन्त्री एसएम कृष्णाले शनिबार न्युयोर्कमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भएको भेटमा पनि नेकपा(माओवादीको अवरोधबारे कुरा उठाएको स्रोतले जनाएको छ । स्रोतका अनुसार भारतीय नागरिक तथा भारतीय नम्बर प्लेटका गाडीमाथि नेपालमा कुनै नोक्सानी नहुने प्रत्याभूत गर्न कृष्णाले श्रेष्ठसँग अनुरोध गर्नुभएको छ भने भारतीय नागरिकको सुरक्षा र भारतीय नम्बर प्लेटका अनुमति प्राप्त सवारी साधनको बिनाअवरोध आवागमनका लागि नेपाल सरकारले पर्याप्त कदम चाल्ने विश्वास पनि नयाँदिल्लीले व्यक्त गरेको छ ।
न्युयोर्कमा भएको भेटमा श्रेष्ठ र कृष्णा दुई मुलुकको संयुक्त आयोगको बैठक छिट्टै डाक्न सहमत भएका बताइउको छ । दुवै मुलुकका परराष्ट्रमन्त्रीको उक्त संयुक्त संयन्त्रको बैठकका लागि आवश्यक तयारी तीव्र पार्न उनीहरूले मातहतका सचिवहरूलाई निर्देशन पनि दिएका छन् । पहिलो बैठक भारतमा चन्द्रशेखर प्रधानमन्त्री रहेकै बेला भएको भएपनि काठमाडौंमा हुनुपर्ने दोस्रो बैठक भने करिब दुई दशक बितिसक्दा पनि बस्न सकेको छैन । उक्त आयोगलाई द्विपक्षीय मामिलासम्बन्धी सबै विषयमाथि छलफल गर्ने अधिकार छ ।
यसअघि गत फेबु्रअरीमा आयोगको बैठक राख्न भारतीय पक्षले नेपाललाई प्रस्ताव गरेको थियो ।केही महिनाअघि ब्राजिलको रियो दि जेनेरियोमा भएको राष्ट्रसंघीय सम्मेलनक्रममा प्रधानमन्त्री बाबुराम भट्टराई र उनका भारतीय समकक्षी मनमोहन सिंहबीच पनि आयोगको बैठक छिट्टै डाक्ने सहमति भएको थियो । तयारी पूरा हुन नसक्ने भन्दै नेपालले नयाँ मितिका रूपमा मार्चको मध्यमा प्रस्ताव गरेको थियो । त्यसयता करिब ६ महिना बितिसक्दा पनि भारतीय र नेपाली पक्षबीच आयोगको बैठकलाई लिएर औपचारिक कुराकानी भएको छैन ।
कृष्णा र श्रेष्ठको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, शान्ति प्रक्रिया तथा अवरुद्ध संविधान निर्माण कार्यजस्ता विषयले पनि प्रवेश पाएको राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिको न्युयोर्कस्थित कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको