पहिरोमा परेका ६ जनाको शव फेला परयो, १० अझै बेपत्ता

१५ आश्विन २०६९, सोमबार १३:२७ मा प्रकाशित

काठमाडौं, १५ असोज । इलामको पूर्वी कोल्बुङ १ स्थित हांसपोखरीमा नेपाली सेना, प्रहरी र स्थानीयवासीको उद्दार टोलीले पहिरोमा पुरिएर हराएकामध्ये चार जनाको शव फेलापारेको छ । सोमबार बिहान चार जनाको शव भेटेको इलामका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडालाई उद्धृत गर्दै जानकारी गराइए पनि पुरिएकामध्ये ७ भारतीयसहित १० जनाको अवस्था थाहा नभएको बताइएको छ । अविरल वर्षापछिको पहिरोले पाँच वटा सवारी पुरिएका थिए, जसमध्य दुई वटा कार अझै भेटिएका छैनन् ।
आइतबार राति नौ बजेबाट इलामको कन्यामदेखि सडकको विभिन्न स्थानमा पहिरो खसेको छ । मेची राजमार्ग आइतबार रातिदेखि नै अबरुद्ध छ ।
यसैबीच एमाले अध्यक्ष झलनाथ खनालले कोल्बुङमा गएको पहिरोमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । प्रेस विज्ञप्ती जारी गर्दै खनालले विपतमा परेकालाई उद्दार गर्न सरोकारवालाहरुलाई आग्रह गरेका छन् । खनालले मृतकहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै घाइतेहरुको उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु