बंगलादेशमा पनि धार्मिक सदभाव बिगारिंदै

१५ आश्विन २०६९, सोमबार १३:१० मा प्रकाशित

काठमाडौं, १५ असोज १५ । मुस्लिम प्रदर्शनकारीले बंगलादेशको दक्षिणपूर्वी क्षेत्रमा चार बौद्ध मन्दिर र बौद्धमार्गीका एक सयभन्दा बढी घर जलाएको त्यहांका जिल्ला प्रशासकलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक बौद्धले इस्लामको अपमान गरेको भन्दै केही मुस्लिमले शनिबार रातिदेखि उपद्रो मच्चाइरहेको जिल्ला प्रशासक जोइनुल बारीले जानकारी दिएका छन्।
एक बौद्धले फेसबुकमा इस्लामको अपमान गर्ने तस्बिर अपलोड गरेको भन्दै क्रुद्ध प्रदर्शनकारीले बौद्धबहुल क्षेत्रमा गई बौद्ध मन्दिरमा आगो लगाउन थालेका थिए। प्रदर्शनकारीले बौद्धमार्गीका घरसमेत जलाएका छन्।
आरोपित बौद्ध युवकले आफूले तस्बिर फेसबुकमा अपलोड नगेको र कसैले तस्बिरसँग आफ्नो फेसबुकको ठेगाना जोडिदिएको बताए। ती युवकसहित उनकी आमा र परिवारलाई प्रहरीले सुरक्षा दिएको छ। स्थानीय बासिन्दाले बताए अनुसार प्रदर्शनकारीहरू अपरिचित व्यक्ति हुन् र उनीहरू त्यहाँ सहिष्णुतापूर्वक बसोबास गरिरहेका मुस्लिम र बौद्धबीचको सद्भाव बिगार्न चाहन्छन्।
बंगलादेशस्थित कक्स बजारका जिल्ला प्रहरी अधिक्षक सलिम मोहम्मद जहाँगीरले आइतबार बिहानै स्थिति नियन्त्रणमा आइसकेको दाबी गरे। त्यहाँका बौद्धमार्गीको बसोबास क्षेत्रमा मानिस भेला हुन रोक लगाइएको छ।
एक स्थानीय पत्रकारले ११ मन्दिरमा आगो लगाइएको र त्यसमध्ये दुई मन्दिर ३०० वर्ष पुराना रहेका उनले देखेको बताए। प्रदर्शनकारीले मन्दिरबाट बुद्धमूर्ति र बहुमूल्य धनमाल लुटेको ती पत्रकारले बताए।
जिल्ला प्रशासक बारीले कम्तीमा १०० घर क्षतिग्रस्त भएका र हिंसा नियन्त्रण गर्न सेनाका साथै सीमासुरक्षा बल बोलाउनु परेको बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको

टोकियो । जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ बिघटन गर्दै यस महिनाको अन्तमा निर्वाचन घोषणा

काठमाडौँ – रुसको टाटस्र्टन क्षेत्रमा एक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका

दोहा । अगस्टमा काबुल कब्जा गरेपछि कतारमा भएको पहिलो इन–पर्सन बैठकका क्रममा तालिबानले अफगानिस्तानको केन्द्रीय बैंकको सञ्चितिमा फ्रिज नगर्न संयुक्त