तिब्बत समस्या समाधान गर्न बेइजिङका लागि उपयुक्त अवसर : लोब्साङ साङ्गे

१५ आश्विन २०६९, सोमबार ०८:१६ मा प्रकाशित

काठमाडौं, १५ असोज । सि जिन्पिङको नेतृत्वमा चीन तिब्बत समस्या सुल्झाउन सकारात्मक हुनसक्ने निर्वासित तिब्बती समुदायका नेता लोब्साङ साङ्गेले बताएका छन्। आगामी कात्तिकमा हुने चिनिया कम्युनिष्ट पार्टीको महाधिवेशनपछि आउने नयाँ नेतृत्वप्रति संकेत गर्दै निर्वासित तिब्बतीका ‘प्रधानमन्त्री’ साङ्गेले भारत धर्मशालामा पुगेका सञ्चारकर्मीसंग तिब्बत समस्या समाधान गर्न बेइजिङका लागि उपयुक्त समय आएको तर्क गरे।
करिब दुई लाख निर्वासित तिब्बती समुदायका प्रधानमन्त्री लोब्साङ साङ्गेले भारतको हिमाञ्चल प्रदेशस्थितधर्मशालामा भने, ‘नयाँ नेतृत्वमा नयाँ नीति देख्न चाहन्छौँ, त्यसैले हामी आशावादी छौँ।’
निर्वासित तिब्बती समुदायको मुख्यालय धर्मशालामा गत शुक्रबार तिब्बतीहरूको विशेष भेला सम्पन्न भएको छ भने सो भेलाले वार्ताको मध्यमबाट तिब्बत समस्या समाधान गर्ने निर्णय गरेको साङ्गेले बताए। एक वर्षअघि तिब्बती धार्मिक नेता दलाई लामाबाट साङ्गेले राजनीतिक नेतृत्व पाएका छन् ।
बेइजिङको प्रमुख सुरक्षा चासो बनेको तिब्बत एजेण्डामा गहिरो छलफल हुने अपेक्षा गरिएको चीनियां कम्युनिस्ट पार्टीको महाधिवेशनले दश वर्षका लागि चीनको नयाँ नेतृत्व चयन गर्नेछ। पार्टीको सर्वोच्च पद महासचिवमा उपराष्ट्रपति सि जिन्पिङलाई चयन हुने अपेक्षा गरिएको छ, जो चार महिनापछि चीनको राष्ट्रपति हुनेछन्। दश वर्षे कार्यकालमा जिन्पिङले नेपालसँग समेत जोडिएको तिब्बत समस्यालाई कसरी हेर्छन् भन्ने चासो सर्वत्र रहेको परिवेशमा साङ्गेको उपरोक्त भनाइ आएको हो ।
दलाई लामा तिब्बतबाट निर्वासित भएयता तिब्बत मामिला सुल्झाउन बेइजिङ सकारात्मक नदेखिएको उल्लेख गर्दै तिब्बती शरणार्थीका नेता साङ्गेले भने,’तिब्बत मामिला राम्रो बुझेका सि झोङसुनचीनमा उदारवादी सोचका नेता थिए, त्यसैलेछोरा सि जिन्पिङबाट आश छ, तर उनी पिता जस्ता हुन्छन् कि हुँदैनन् हेर्न बाँकी छ।’

धार्मिक नेता दलाई लामालाई तिब्बत फर्काउन माग गर्दै तिब्बतीहरूले चलाएको श्रृंखलावद्ध आत्मदाह आन्दोलनको समाधान खोज्न धर्मशालामा आयोजित भेलामा २६ देशमा बस्ने चार सय ३२ तिब्बती प्रतिनिधि सहभागी भएका थिए। ५१ जना तिब्बतीले आत्मदाहको प्रयास गरेकोमा ४१ को ज्यान गएको दावी गर्दै निर्वासित तिब्बत सरकारले २००८ यताको ठूलो भेला आयोजना गरी तिब्बत संकट उत्कर्षमा पुगेको जनाउन दिन खाजेको छ। दलाई लामा र निर्वासित तिब्बती समुदायका नेताहरूले आत्मदाह गर्न उक्साएर तिब्बतमा हिंसा मच्चाएको आरोप बेइजिङले लगाइरहेका बेला निर्वासित तिब्बतीहरूको भेलाले आत्मदाह आन्दोलन रोक्न तिब्बतभित्रका नागरिकलाई आग्रह गर्दै ३१ बुँदे कार्यक्रम परित गरेको छ।
तिब्बत संकट समाधान गर्न दलाई लामाले प्रस्ताव गरेको मध्यमार्गी बाटो अनुसार स्वयत्त तिब्बतका लागि बेइजिङसँग कुनै पनि समय वार्तामा बस्न तयार रहेको साङ्गेले बताए। तर बेइजिङले वार्ता अस्वीकार गर्दै आएको आरोप लगाउँदै उनले थपे, ‘हामीले धेरै कुरा सुन्यौँ, तर बेइजिङले औपचारिक रुपमा वार्ताको ढोका खुल्ला छ भनेको सुनेका छैनौँ, जुन हामी चाहन्छौँ।’
बेइजिङलाई पुनः वार्तामा फर्काउने प्रयास अर्न्तगत निर्वासित तिब्बत सरकारको संसदले भरखरै लोब्साङ साङ्गेको पद कलन ट्रिपा (प्रधानमन्त्रीं) बाट सिक्योङ (राजनीतिक नेता)मा परिणत गरेको छ भने वार्ताका लागि विशेषद्रत नियुक्त गर्ने तयारी पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर