बैद्यपक्ष विरुद्धको रणनीति तय गर्न आज पनि माओवादी संस्थापन पक्ष छलफलमा

७ चैत्र २०६८, मंगलवार ११:१४ मा प्रकाशित

काठमाडौ, ७ चैत । एकीकृत माओवादी संस्थापन पक्षका नेताहरुबीच आज पनि छलफल जारी छ । आफ्नै पार्टी बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले सार्वजनिक गरेको आन्दोलनको बारेमा छलफल गर्न हिजो बसेको संस्थापन पक्षका नेताहरुको बैठकले बैद्य समूहसँग वार्ता गरेर समस्या समाधानको उपाय खोज्ने निर्णय गरेको थियो । बैद्य पक्षको आन्दोलन र संस्थापनको आधिकारिक धाराणाको बारेमा नेताहरुले बोल्नेक्रम नसकिएकोले आज पनि बैठक बसेको हो । ललितपुर सानेपास्थित एक होटलमा सुरु भएको बैठकमा आगामी केन्द्रीय समितिको एजेण्डाको बारेमा छलफल हुने पोलिटव्यूरो सदस्य शक्ति बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार आफ्नो समूहको छुट्टैछलफल गर्न पाइने व्यवस्था गएको केन्द्रीय समितिको बैठकबाट मिलाइएको भए पनि बैद्य समूहले अपनाएको प्रक्रिया गलत भएको बारेमा नेताहारुबीच समान धारणा रहेको छ । ४ दिनअघि बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले पार्टीको संस्थापन पक्ष र उपाध्यक्ष बाबुराम भट्टराईले नेतृत्व गरेको सरकारविरुद्व आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि माओवादी संस्थापन पक्ष छलफलमा जुटेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक