लुम्बिनीलाई समेत समेट्दै बुद्धिस्ट सर्किट निर्माण गर्दैछ भारत

१५ आश्विन २०६९, सोमबार ०८:१४ मा प्रकाशित

काठमाडौं, १५ असोज। भारतको वाराणासीमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन उद्घाटनका क्रममा भारतीय पर्यटनमन्त्री सुवोधकान्त सहायले बुद्धिस्ट सर्किटसम्बन्धी तीन खालका योजना घोषणा गरेका एजेन्सीहरुले जनाएका छन् । मन्त्री सहायको घोषणाअनुसार भारतले नेपालस्थित बुद्ध जन्मस्थल लुम्बिनीलाई समेत समेटी ुबुद्धिस्ट सर्किटु बनाउने योजना बनाएको छ । यद्यपि भारतले आफ्नो योजनाका लागि नेपाल सरकारसँग समन्वय गरे या नगरेको या जानकारी दिएनदिएको भन्नेबारे केही खुलाइएको छैन ।
सहायका अनुसार यसै वर्ष सुरु हुने १२ औं पञ्चवर्षीय योजनामा विकास गर्ने गरी भारतीय पर्यटन मन्त्रालयले तीन खालको बुद्धिस्ट सर्किटको योजना बनाएको हो । धर्मयात्रा नाम दिइने पहिलो सर्किट ५ देखि ७ दिने यात्रा हुनेछ, जसमा बोधगया, वाराणासी ९सारनाथ०, कुशीनगर, पिपरहवा र नेपालको लुम्बिनी समेटिने छन् । विस्तारित धर्मयात्रा नाम दिइने दोस्रो सर्किट १० देखि १५ दिनको यात्रा हुनेछ, जसमा बोधगयाका स्थानहरू नालन्दा, बारबारा गुफा, प्रागबोधी पर्वत र गया, पटनाका विभिन्न स्थान, पिपरहवास्थित केही स्थल र नेपालको लुम्बिनी पर्नेछन् । दुवैमा लुम्बिनीलाई एक दिनको भ्रमणमा सीमित गरिएको छ । तर तेस्रो सर्किटमा नेपालको लुम्बिनी समेटिएको छैन । जम्मु कस्मीरका लद्दाख, श्रीनगर र जम्मु हुँदै हिमाञ्चल प्रदेशका धर्मशाला, स्पिटी, किनौर र लाहौल तेस्रो सर्किटमा छन् ।
नेपालले लुम्बिनीमा बुद्धिस्ट सर्किट बनाउने योजनाबारे पटक(पटक छलफल गर्दै आए पनि कामहरू खासै अघि बढेका छैनन् । कपिलवस्तु, रूपन्देही र नवलपरासी जिल्लालाई समेटी बुद्धिस्ट सर्किट बनाउने अवधारणामा सघाउन नेपालले पछिल्लो पटक चीन सरकारलाई आग्रह पनि गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार