पहिरोले तीनवटा गाडी पुरयो

१५ आश्विन २०६९, सोमबार ०८:१३ मा प्रकाशित

पकाठमाडौं, १५ असोज । भिषण बर्षापछि आएको पहिरोले मेची मार्गको पूर्वी कोल्वुङको कुटीडाँडा र हर्कटेबीचको चिसापानी भन्ने स्थानमा ट्रक, पीकअप र कारसमेत तीनवटा गाडी पुरेको छ । फिक्कलस्थित शसस्त्र प्रहरी बेश क्याम्पका प्रहरी निरिक्षक बिष्णुहरी घिमिरेका अनुसार ट्रकमा सवार छ जना घाइतेको तत्काल उद्धार गरी उपचारका लागि पठाइएको छ ।
आइतवार राती नौ बजे गएको पहिरोले सवारी साधन पुरिएको स्थलवाट वचाउ वचाउ भन्ने आवाज आइरहेको स्थानीयवासीले वताएका छन् । मानिसहरु भेला भए पनि घटनास्थलसम्म पुग्न कठिन भइरहेको छ भने सडकको दुवैतर्फ दर्जनौ गाडी अलपत्र छन् ।
कन्यामदेखि सडकको विभिन्न स्थानमा पहिरो खसेको बताइएको छ । पीकअपको झ्याल अलिअलि देखिए पनि अन्य गाडीलाई पहिरोले पूर्णरुपमा छोपेको प्रत्यक्षदर्शीले जनाए। थप पहिरो आउने र बर्षा निरन्तर भएकाले फसेका गाडी निकाल्न समस्या भइरहेको छ ।
स्थानीयवासी, हर्कटेस्थित प्रहरी चौकी र फिक्कलस्थित शसस्त्र प्रहरी क्याम्पवाट गएको टोलीले उद्धार जारी राखेको छ । झापावाट सेना र शसस्त्रको टोली घटनास्थलतर्फ आएको छ भने इलामवाट सुरक्षा निकायका प्रमुख सहितको प्रहरी र सेनाको टोली त्यसतर्फ गएको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार