नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रबासी नेपाली संघद्वारा युएईमा भब्य स्वागत

१५ आश्विन २०६९, सोमबार ०५:२५ मा प्रकाशित

उत्तम अधिकारी, दुबई, युएई । हालै आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन (४ जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रबासी नेपाली संघ युएईका पदाधिकारी तथा सदस्यहरूको साथमा पत्रकार सहितको टोलीले युएईमा भब्य स्वागत गरेको छ। राष्ट्रिय क्रिकेट टोली युएईमा असोज १७ देखि २४ सम्म हुने एसिसी ट्रफी एलिटमा खेल्न आश्विन १५ गते राती ११ बजे एयर अरबियाको उडान मार्फत युएईको शारजाह एयरपोर्ट उत्रेको हो।

एरपोर्टमै राष्ट्रिय क्रिकेट टोलीलाई स्वागत गर्न पुगेका प्रवासी नेपाली संघ युएईका तर्फबाट केन्द्रिय सचिब श्याम पाठकले पुष्प गुच्छा सहित टीम मेनेजर उत्तम कुमार कर्माचार्य, प्रशिक्षक पुबुदु दासनायके तथा टीम क्याप्टेन पारस खड्का लगायत सिंगो टीमलाई सुखद युएइ बसाईंका लागि शुभकामना दिनु भएको थियो। क्रिकेट टोलीका सम्पुर्ण सदस्यहरूलाई प्रबासी नेपाली महिला संघ युएइका संयोजक सीता भुर्तेल तथा सदस्यहरू उर्मिला कंडेल र सरस्वती कोइरालाले खादा ओढाइ स्वागत गर्नु भएको थियो। उक्त अबसरमा संघका केन्द्रिय उप सचिब गितामणी पाण्डे तथा केन्द्रिय सदस्यहरू प्रकाश कोइराला, श्याम कंडेल र युबराज भुसालको समेत उपस्थिती रहेको थियो।

संघका सचिब श्याम पाठकले राष्ट्रिय क्रिकेट टोलीको हौसला बढाउनको लागि एयरपोर्टमै स्वागत गर्न पुगेको र उचित समय मिलाएर उहाँहरूलाई संघको तर्फबाट सम्मान गर्ने कार्यक्रम समेत रहेको बताउनु भयो। उक्त अबशरमा टीम मेनेजर कर्माचार्य, प्रशिक्षक दासनायके तथा क्याप्टेन पारस खड्काले युएईमा उत्रिने बित्तिकै नेपाली समुदाय बाट स्वागत गरि टीमको हौसला उच्च बनाई दिनु भएकोमा खुशी ब्यक्त गर्दै प्रबासी नेपाली संघ युएईलाई धन्यबाद् दिनु भएको थियो। साथमा अन्नपूर्ण पोष्टका सम्बाददाता दामोदर भण्डारी पनि आउनु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एएफसी यू- २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल बलियो इराकसँग पराजित भएको छ । ताजकिस्तानको दुसन्बेमा भएको

काठमाडौं । अफगानिस्तानले टी-२० विश्वकपको सुपर-१२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेकाे छ ।सोमबार शारजाहमा भएको खेलमा स्पीनरद्वय मुजिब उर

काठमाडौँ । आइसीसी टि२० विश्वकपमा पाकिस्तानले सानदार विजयी सुरुवात गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा भारतमाथि १० विकेटको

एजेन्सी । टी–२० विश्वकपपछि विराट कोहलीले भारतको टी–२० टोलीको कप्तानी छाड्ने भएका छन् । यो संगै उनको नौ बर्ष लामो

आजको प्रमुख समाचार