नेपाली राजदूत डा. सापकोटाबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

१५ आश्विन २०६९, सोमबार ०२:४८ मा प्रकाशित

कृष्णप्रकाश श्रेष्ठ, मस्को । रुसका लागि नवनियुक्त नेपाली राजदूत महामहिम डा. रविमोहन सापकोटाले क्रेमलिन राजप्रासादमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

उक्त समारोहमा नेपाल लगायत २१ देशका राजदूतहरूबाट रूसका राजदूतसमक्ष ओहदाको प्रमाणपत्र पेश गरिएको थियो ।

नेपाली राजदूत महामहिम डा. रविमोहन सापकोटज्यूले आफ्नो ओहदाको प्रमाणपत्र पेश गरिंएपछि छो६ कुराकानीमा रूसका राष्ट्रपति भ्लदिमिर पुटिनलाई नेपालका राष्ट्रपति डा. रामवरण यादव तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईका तर्फबाट मौखिक शुभेच्छा सन्देश पनि सम्प्रेषण गर्नुभएको थियो ।

नेपाली राजदूतज्यूबाट आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरिएको सन्दर्भमा २८ सेप्टेम्बरका दिन साँझ नेपाली राजदूतावासमा सन्ध्याभोजको आयोजना गरिएको थियो । त्यसमा रूस-नेपाल मैत्री एवं सहयोग समाजका अध्यक्ष अलेक्सान्द्र सोलोभ्एभका साथै रसियाली जनमैत्री विश्वविद्यालयका प्राध्यापकहरू लगायत अन्य गण्यमान्य रूसी मित्रहरु पनि आमन्त्रित गरिएका थिए ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष जीवा लामिछानेका साथै रूस राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरूसहित केही नेपालीहरूको पनि त्यहाँ उपस्थिति रहेको थियो । त्यहाँ उपस्थित सबैबाट आफूप्रति व्यक्त गरिएका सौहार्दपूर्ण शुभकामनाको उत्तरमा महामहिमज्यूले हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

महामहिम नेपाली राजदूतज्यूले मास्को आइपुग्नुभएको साढे चार महिनापछि संसारका विभिन्न देशका राजदूतहरूको साथमा रूसका राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो । यो दृश्य टेलिभिजनको पर्दामा देख्न पाइएको थियो । यस उपलक्ष्यमा क्रेमलिन राजप्रासादमा आयोजित भव्य समारोहको वातावरणबारे महामहिमज्यूले यस पंक्तिकारलाई अवगत गराउनुभएको थियो ।

नेपाली राजदूत डा. रविमोहन सापकोटाको कार्यकालमा नेपाल-रूस सम्बन्धमा नयाँ आयाम थपियोस् र महामहिमज्यूको मास्को बसाइ सुखमय र फलदायी रहोस् भन्ने हार्दिक शुभकामना ।

प्रतिक्रिया
सम्बन्धित खवर

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

आजको प्रमुख समाचार