तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सम्पन्न

१५ आश्विन २०६९, सोमबार ०२:४५ मा प्रकाशित

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरको आयोजनामा हरेका महिनामा जस्तै आयोजना हुदै आएका कवि गोष्ठी साहित्य संगम यस महिनामा समाज सेवी तथा अनेसासका आजीवन सदस्य श्याम श्रेष्ठ तथा श्रीमती शान्ति श्रेष्ठको आयोजनामा यही सेप्टेम्बर २९, २०१२ शनिबारका दिन उहाँहरुको निवास अरौरा, कोलोराडोमा सम्पन्न भयो ।
च्याप्टरका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा भएको उक्त कवि गोष्ठीमा कविहरु श्याम श्रेष्ठ, हरि अधिकारी, कपिल सुवेदी, खेम पौडेल, सुदर्शन नेपाल, ज्ञानेन्द्र गदाल, साबु गदाल, देवकी न्यौपाने, पदम विश्वकर्मा र बालकवि सरगम गदालले आ–आफ्नो रचनाहरु बाचन गर्नु भएको थियो। यस्तै कार्यक्रममा स्रोताहरुको रुपमा शान्ति श्रेष्ठ, मनोज तुलाधर, रवि कार्की, साहरा कार्की, जिदेन राई, बीर खालिङ आदिले कविताहरु श्रवण गरी आनन्द लिनुभएको थियो ।

कार्यक्रमका आयोजक श्याम तथा श्रीमती शान्ति श्रेष्ठले मिष्ठान्न भोजनहरु तयार गरी सहभागीहरुलाई भोजन गराउनु भएको थियो। कार्यक्रमका सभापति पदम विश्वकर्माले आयोजक द्धय श्याम तथा श्रीमती शान्ति श्रेष्ठ र सहभागीहरुलाई धन्यवाद ज्ञापन गदैं कार्यक्रमको समापन गर्नु भएको थियो। वहाँले सबै सहभागीहरुलाई नोभेम्बर १०, २०१२ मा आयोजना हुने महाकवि देवकोटाको जन्मजयन्ती कार्यक्रममा सहभागी हुन पनि अनुरोध गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

आजको प्रमुख समाचार