यातायात व्यवसायीका अध्यक्षमा दधिराम निर्वाचित

१४ आश्विन २०६९, आईतवार २०:४९ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १४ असोज । नेपालमै धेरै बस व्यावसायी आवद्ध पश्चिम नेपाल बस व्यवसायी संघको १८ औं अधिवेशनमा नयां नेतृत्वका लागि शनिबार भएको निर्वाचनबाट अध्यक्ष पदमा दधिराम खरेल निर्वाचीत भएका छन् । एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेस निकट व्यवसायीबीच भएको गठबन्धनका एमाओवादी उम्मेदवार खरेलले एमाले समर्थित उम्मेदवार नारायण घिमिरेलाई पछि पार्दै अध्यक्षमा निर्वाचीत भएका हुन् ।
एक हजार सात सय ८५ मत खसेको निर्वाचनमा खरेलले एक हजार ३२ मत ल्याए भने घिमिरेले ६ सय २८ मत प्राप्त गरे । यस्तै वरिष्ठ उपाध्यक्षमा एमाले समर्थित गणेशबहादुर भट्टराई एक हजार एक सय ८७ मत ल्याएर विजयी भए भने उपाध्यक्षद्वयमा कांग्रेस समर्थित कृष्णबहादुर खड्का (८९२ मत) र एमालेका ध्रुवराज अर्याल (७०१ मत) विजयी भए ।
महासचिवमा एमालेका जीवनकुमार बन्जाडे (१०४० मत) निर्वाचीत भए भने कांग्रेसका उपेन्द्रमान श्रेष्ठ (६८३ मत) पराजित भए । सचिवमा एमालेकै गोपाल पौडेल (८ सय ५४ मत) विजयी भए भने कांग्रेसका किशोर सुवेदी (७६६ मत) पराजित भए । कोषाध्यक्षमा नेपाली कांग्रसका पदमराज गाहा (१००९ मत) निर्वाचीत भए भने एमालेका रविन्द्रविक्रम हमाल (५६२ मत) पराजित भए । दुईजना सहसचिवमा एमालेका कुश्माखर रेग्मी (८३२ मत)
र एमाओवादीका मोहन पीएस (७१९ मत) निर्वाचीत भए ।
१५ वटा रुटका २२ जना सदस्यहरुमा एमाले समर्थित १२ जना, कांग्रेसका ५ र एमाओवादीका ६ जना निर्वाचित भएका छन् ।
रुट नं १ मा कृष्णप्रसाद सापकोटा (८२० मत) र ऋषिरम डुम्रे (६२१ मत), २ मा कृष्णप्रसाद पाण्डे (९२४ मत) र छविलाल लामिछाने (८२१ मत), ३ मा कृष्ण पाण्डे (८१५ मत), ४ मा हरिबहादुर क्षेत्री (५७५ मत), ५मा गिरराज उदय –निर्विरोध ,६ मा चेतनारायण बेल्बासे (८९५ मत), ७ मा एकदेव खनाल (६९४ मत), जितेन्द्र खत्री (६९० मत) र विष्णुप्रसाद खनाल (६७४ मत) निवार्नचित भएका छन् । यस्तै रुट नं ८ मा विकास भट्टराई (६६७मत), ९ मा दीपक ज्ञवाली (७०२ मत), १०मा चन्द्रमणि भण्डारी (६९६ मत), ११ मा मनबहादुर पौडेल (७७६ मत), १२ मा घनश्याम श्रेष्ठ (७७१ मत) र विरेन्द्रमणि तुलाधर(६३९ मत), १३ मा मिनबहादुर कार्की (६३६ मत) र सागर रिजाल (६७२ मत), १४मा शोभाखर भण्डारी (७८७ मत) र १५ मा रामबहादुर बस्नेत (८११ मत) निर्वाचित भएका छन् । रुट नं १० का दीपक बन्जाडे र तारा विकले बराबर ५५१ मत ल्याएकाले गोलाप्रथाबाट चयन गरिने छ ।

यसैबीच,  नेकपा मओवादीले भारतीय सवारी साधन नेपाल आउन रोक्नु गैरराजनीतीक चरित्र भन्दै नेपाली काग्रेस रुपन्देहीले खेद प्रकट गरेको छ । काग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाकद्धारा जारी बिज्ञप्तीमा खोक्रो
राष्ट्रियताको नाममा भारतीय सवारी साधन आउन रोक लगाउदा दुई देसबिचको सम्वन्धमा असर परेको उल्लेख गरिएको छ । जारी बिज्ञप्तीमा एक्कासि भारतीय सवारी साधनहरु सिमामा रोकीदा पर्यटन बर्ष २०१२ लाई समेत असर पुगेको उल्लेख गरीएको छ । बन्दले नजीकीदै गरेको चाडपर्वमा घर फर्कन लागेका प्रवाशी नेपालीहरु समेत समस्यामा पर्ने भन्दै बन्द फीर्ता लिन माग गरिएको छ । मालसामान लिएर आउने भारतीय सवारी साधनहरुले भन्सार अनलोड गरी नेपाली सवारी साधनहरुले बोक्नु पर्ने माग गर्दै बिहीबारदेखी भारतीय सवारी साधन नेपाल प्रवेस गर्न रोक लगाएको छ । जसका कारण भारतीय सिमा नाका बेलहीया सुनसान भएको छ । दैनीक ४ करोड भन्दा बढी राजस्व सकंलन हुने बेलहीया भन्सार प्रभाबित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।केही दिन अघि महाकाली नदिमा आएको बाढीले विस्तापित भएका भीमदत्त र दोधारा चाँँदनी नगरपालिकाका ३ सय विपन्न परिवारलाई गैरआवासीय नेपाली

बैतडी । ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताका लागि एकपछि अर्काे लोकप्रिय कार्यक्रम ल्याइरहेका बेला अब २० युनिटसम्म बिजुली बाल्ने ग्राहकलाई

इलाम । झारफुक गर्ने भन्दै पत्नी र छोरीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा