कोइरालामाथिको आक्रमणबारे प्रहरीको अलग्गै जांच कमिटी

१४ आश्विन २०६९, आईतवार २०:४० मा प्रकाशित

काठमाडौं, १४ असोज । काठमाडौ निर्वाचन क्षेत्र नम्वर–४ कपन, मिलनचोकमा शनिबार नेपाली कांग्रेसका सभापति सुशील कोइरालामाथि भएको आक्रमणको घटनाको नेपाल प्रहरीले अलग्गै जांच गर्ने भएको छ । कार्यकर्ता भेला उद्घाटन कार्यक्रमको अवसरमा नेपाली कांग्रेसका सभापति सुशील कोईरालालाई मञ्चमै प्रहार भएको सन्दर्भमा के कस्तो कारणबाट यस प्रकारको घटना घट्न गयो, नेपाल प्रहरीको तर्फबाट के–कस्तो सुरक्षा व्यवस्था मिलाइएको थियो र यस विषयमा अनुसन्धान गरी सत्य तथ्यसहितको प्रतिवेदन सात दिनभित्र पेश गर्न महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रहरी नायव महानिरीक्षक परशुराम खत्रीको अध्यक्षतामा आइतबार प्रहरी प्रधान कार्यालयले पांच सदस्यीय बोर्ड गठन गरेको छ ।

उक्त बोर्डका सदस्यहरुमा महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक केदारमान सिंह भण्डारी, प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक मनोज न्यौपाने, महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक सुरेश विक्रम शाह र प्रहरी प्रधान कार्यालय,कार्य विभागका प्रहरी नायव उपरीक्षक अभिनारायण काफ्ले रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति