आईसीसी विश्वकप ट्वान्टी–२० छनोट क्रिकेटमा नेपालले आज क्यानडाको समना गर्दै

७ चैत्र २०६८, मंगलवार ११:११ मा प्रकाशित

काठमाडौ, ७ चैत । युएईमा जारी आईसीसी विश्वकप ट्वान्टी–२० छनोट क्रिकेटमा समूह चरणको अन्तिम खेलमा नेपालले आज क्यानडाको सामना गर्दै छ । अहिलेसम्म खेलेको ६ मध्ये ३ मा जित र ३ मा हार व्यहोरेको नेपालको ६ अंक छ । क्यानडासंगको खेल राम्रो रनरेटले जितेको अवस्थामा नेपाल अघिल्लो चरण प्रवेश गर्न सक्छ तर प्लेअफमा पुग्ने नेपालको सम्भावना झिनो भएको छ । क्यानडा बलियो टिम भएकाले नेपाललाई सहजै जित हासिल गर्न कठिन हुनेछ । क्यानडा ८ अंक सहित नेपाल भन्दा एक स्थान माथि छ । नेपाल रहेको समूह ए मा रहेको अफगानिस्तान अहिलेसम्म खेलेका सबै खेल जितेर यसअघि नै प्लेअफमा पुगिसकेको छ । नेदरल्याण्ड पनि प्ले अफका लागि छनोट भएको छ । नेपाल र क्यानडा संगै प्रतियोगिता अन्तर्गत आज पनि आठ खेल हुदैछ । आज अफगानिस्तान विरुद्ध बर्मुडा, हङकङ विरुद्ध नेदरल्याण्डस्, आयरल्याण्ड विरुद्ध ओमन भिड्नेछन् । त्यस्तै केन्या विरुद्ध युगाण्डा, डेनमार्क विरुद्ध पपुवा न्युगिनी, ईटली विरुद्ध नामिविया र स्कटल्याण्ड विरुद्ध अमेरीका भिड्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित