पांच दिन हिन्दी चलचित्र नचलाइने

१४ आश्विन २०६९, आईतवार २०:२९ मा प्रकाशित

काठमाडौं, १४ असोज । नेपाल चलचित्र संघले सोमबारदेखि देशभरका हलमा हिन्दी तथा अंग्रेजी चलचित्र प्रदर्शन स्थगित गर्ने भएको छ । नेकपा–माओवादी र संघका पदाधिकारीबीच भएको वार्तामा केही दिन हिन्दी तथा अंग्रेजी चलचित्र नलगाइने सहमति भएको हो ।
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले गत बुधबारदेखि नेपालमा हिन्दी सिनेमा प्रदर्शनमा रोक लगाउनुपर्ने माग चर्काउँदै आएको थियो । माओवादीको घोषणा बावजुद हलहरुले शनिबारसम्म हिन्दी चलचित्रको प्रदर्शन कायमै राखेका थिए । दुई साताअघि प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ७० बुँदे मागपत्र बुझाए पनि बेवास्ता गरिएकाले त्यसलाई कार्यान्वयन गराउने क्रममा हिन्दी र अहिले थप अंग्रेजी चलचित्रमा रोक लगाउने तयारी गरिएको नेकपा–माओवादीले जनाएको छ ।
नेपालीलाई गालीगलौज गरिएका, अश्लीलतापूर्ण तथा नेपालका विषयमा भ्रमपूर्ण सन्देश फैलाउने खालका चलचित्र रोक्ने तयारी मात्र गरिएको बताउदै आयको नेकपा–माओवादीले अहिले हिन्दी र अंग्रेजी पूरै चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय सार्वजनिक गरेको थियो । ‘नेपालमा प्रदर्शन गर्न उपयुक्त भएरनभएको जाँच गर्ने मापदण्ड एवं संयन्त्र तयार नहुन्जेल सबै चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय हामीले गरेका हौँ’, नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले भनिन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा आफूहरूले उठाउँदै आएको माग सरकारले कार्यान्वयन नगरेको आरोप नेकपा–माओवादीले लगाएको छ ।
चलचित्र प्रदर्शकको छाता संगठन नेपाल चलचित्र संघ स्रोतले नेकपा–माओवादीले दुई महिनासम्म चलचित्र प्रर्दशनमा रोक लगाउन आग्रह गरे पनि संघले पाँच दिन मात्र नचलाइने निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

काठमाडौं । बलिउडमा देशी गर्लको उपनाम पाएकी एक्ट्रेस हुन्, प्रियंका चोपडा । बलिउडमा एकपछि अर्को फिल्म मार्फत दर्शकको मनमा स्थान

काठमाडौं । डान्सिङ रियालिटी शो ‘सुपर डान्सर’को च्याप्टर ४ को उपाधि फ्लोरिना गोगोइले जितेकी छन् । उनले अन्तिम ५ मा

काठमाडौं । मिस युनिभर्स नेपाल-२०२१ को उपाधिका लागि टप १८ सेमिफाइनलिस्ट तय भएका छन् । ब्रेभ बोल्ड ब्युटिफुल प्रालिले आयोजना