माओवादीले छिमेकी चिढ्याएर मधेसी दबाउन खोजेको आरोप

१४ आश्विन २०६९, आईतवार २०:११ मा प्रकाशित

काठमाडौं, १४ असोज । तराई मधेस फोरमले वर्तमान सरकारको लोकतन्त्रविरोधी क्रियाकलाप र प्रतिपक्षीहरुको सङ्घीयताविरोधी षड्यन्त्रका कारण मुलुकले निकास पाउन नसकेको बताएको छ। फोरमद्वारा आयोजित पत्रकार सम्मेलनमा मधेसी मोर्चालगायतका दललाई भर्‍याङ बनाएर एमाओवादी सत्ताकब्जाको रणनीतिमा लागिरहेको र प्रतिपक्षको भूमिकामा सडक खोज्दै विपक्षी दल हिँडिरहेकाले मुलुकले निकास पाउन नसकेको बताइयो।
सरकारविहीन अवस्थामा रहेको मुलुक र राष्ट्रियताविहीन अवस्थामा रहेको मधेसीमाथि उपनिवेशीकरण कायम राख्न विगतमा संविधानसभाको विघटन मुलुकका ठूला राजनीतिक दलकै कारण भएको आरोपसमेत फोरमका अध्यक्ष अमर यादवले लगाए। उनले नेकपा माओवादीले कथित राष्ट्रियता र स्वाधीनताको नाउँमा विगतमा भारतीय लगानीका स्कुल बसमा गरेको आगजनी, विदेशीको नाममा खुलेका कलेजमाथिको तोडफोडजस्ता घटना सेलाउन नपाउँदै पुनः भारतीय नम्बरका सवारीसाधन आवागमनमा प्रतिबन्ध लगाउने कार्य छिमेकी मुलुकलाई चिढ्याउने प्रपञ्च मात्रै भएको बताए।
पत्रकार सम्मेलनमा स्वायत्ततासहितको सङ्घीयताका बीचमा उभिएको मधेसलाई यस्ता घटनाले स्वतन्त्र मधेसको मागलाई मार्गप्रशस्त गर्ने दाबीसमेत गरिएको राससले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्