राष्ट्रपतिलाई दलहरुद्वारा असोज मसान्तभित्र राष्ट्रिय सरकार बनाउने आश्वासन

१४ आश्विन २०६९, आईतवार २०:०० मा प्रकाशित

काठमाडौं, १४ असोज । शितल निवासमा दलहरुलाई बोलाएर सर्वदलीय बैठक बसाएका राष्ट्रपति डा. रामवरण यादवले दलका नेताहरुबाट ‘असोज मसान्तभित्र राष्ट्रिय सहमतिको चुनावी सरकार र निर्वाचनका लागि सहमति जुटाइसक्ने’ आश्वासन पाएका छन् ।
बैठकमा सहभागी माओवादी अध्यक्ष पुष्पकमल दाहालका अनुसार राष्ट्रपतिले छिटोभन्दा छिटो राजनीतिक निकास दिनको लागि आग्रह गर्दै निकासका लागि के गर्ने हो भन्नुहोस् म त्यही गर्दिन्छु भनेका थिए । जवाफमा दलहरुले असोज मसान्तभित्र राष्ट्रिय सहमतिको चुनावी सरकार गठन गर्ने तथा निर्वाचनमा जानका लागि आवश्यक कानुनी र राजनीतिक
पक्रिया र मिति तोक्ने विषय सुल्झाउने बताएका थिए।
यसअघि बैठकबाट बाहिरिएका एमाले नता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अब राष्ट्रपतिले दलहरुलाई अन्तिम मौका दिने अवस्था आएको बताए।
दलहरुबीच राजनीतिक सहमति जुटाउन प्रयासरत राष्ट्रपति यादवले बोलाएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल सहभागी थिए। नेकपा माओदीका अध्यक्ष मोहन वैद्य र देव गुरुङलाई पनि राष्ट्रपतिले आजको बैठकमा बोलाएका थिए। मधेसी मोर्चा र अन्य साना दलका शीर्ष नेताहरु पनि बैठकमा थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

कैलाली । नेपाली काँग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको

चितवन । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ । गत असोजमा ललितपुरको

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको

आजको प्रमुख समाचार