भारतीय पर्यटकको स्वागत

१४ आश्विन २०६९, आईतवार १९:४७ मा प्रकाशित

काठमाडौं, १४ असोज । माओवादीले भारतीय नम्बरका सवारीसाधन आगमन गर्न नदिने भनिरहेका बेला आइतबार भारतीय नम्बरका मोटरसाइकलमा नेपालका विभिन्न ठाउँमा भ्रमण गर्न आएका १६ जना पर्यटकको आइतबारधनगढीमा स्थानीय ब्यवसायीले भव्य स्वागत गरेका छन्। भारतका बिभिन्न राज्यबाट आएका १६ जना पर्यटक नेपालका विभिन्न पर्यटकीयस्थल घुम्न मोटरसाइकलमा आएका छन्।
आइतबार बिहान धनगढीको डिभोटी होटेलमा पर्यटकलाई पर्यटन ब्यवसायीले औपचारिक कार्यक्रमको आयोजना गरेर स्वागत गरेका थिए। व्यवसायी कृष्णबहादुर महराले पुष्पगुच्छा सहित उनीहरुलाई बर्दियाका लागी बिदाई गरेका थिए।
भारतीय नम्बरको मोटरसाइकलमा आएको भारतीय टोलीलाई प्रहरीले स्टकटिङ दिएर बर्दिया पुर्‍याएको छ। नेपालमा फुलमाला लगाएर स्वागत र आतिथ्य पाउँदा भारतीय पर्यटकहरुले खुशी ब्यक्त गरे।
जटिल परिस्थितिमा नेपालमा आएका भारतीय नागरिकलाई नेपाली जनता पाहुनालाई सहयोग, स्वागत र माया गर्छन भन्ने सन्देश दिन स्वागतको कार्यक्रम राखिएको पर्यटन ब्यवसायी तथा पर्यटन विकास समाजका अध्यक्ष कृष्णबहादुर महराले बताए। महराले स्वागत गर्दै भारतीय नागरिकलाई ढुक्क भएर नेपालको भ्रमण गरेर मनोरंजन गर्न आग्रह गरेका थिए। उनले ‘यतिवेला अवस्था असहज जस्तो बनेको छ। तपाईहरु पाहुना हो। हामी नेपाली पाहुनालाई भगवान वरावर मान्छौं। तपाईहरुको स्वागत गर्न पाउदाँ खुशी लागेको छ, हामो देशमा प्रकृतिले दिएको सुन्दरस्थल छन्, घुमेर भरपुर मनोरंजन लिनुहोस’ भन्दै भारतीय पर्यटकको स्वागत गरेका थिए ।
भारतका महाराष्ट्र, राजस्थान, गुजरात, कर्नाटाका, तमिलनाडु, मध्यप्रदेश लगायतका क्षेत्रबाट १६ जना नागरिक मोटरसाइलमा नेपालको भ्रमणमा आएका धनगढीबाट प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय