बुद्धको प्राचीन मूर्तिसहित गिरोह पक्राउ

१४ आश्विन २०६९, आईतवार १९:४० मा प्रकाशित

काठमाडौं, १४ असोज । अवैध रुपमा पुराना मूर्तिहरु चोरी तथा बिक्री गर्ने गिरोहलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले काठमाडौं जिल्ला जोरपाटी–४ स्थित सिन्धुपाल्चोक होटलबाट पुरातात्विक तथा सांस्कृतिक महत्वको बुद्धको प्रचीन मूर्तिसहित आइतबार पक्रिएको छ । गिरोहका मुख्य नाईके सोलुखुम्बु जिल्ला गामा–७ हाल रामेछाप जिल्ला तामाकोही–९ बस्ने ४६ वर्षीय दावा लामासहित ५ जनालाई पक्राउ गरिएको हो । अन्य पक्राउ परेकाहरुमा काभ्रेपलान्चोक जिल्ला बनेपा–५ ठेगाना भएका ५२ वर्षीय कृष्ण खत्री, सोलुखुम्बु जिल्ला बाकु–५ हाल काठमाडौं गोकर्ण ठेगाना भएका ४० वर्षीय उत्तरकुमार राई, सोलुखुम्बु जिल्ला जुबिन–२ हाल काठमाडौं चावहिल ठेगाना भएका ३५ वर्षीय दलबहादुर राई र सोलुखुम्बु जिल्ला नेचा–६ ठेगाना भएका २५ वर्षीय सन्तोष राई रहेका छन् ।

उनीहरुको साथबाट ३ के.जी. ९ सय ग्राम तौल र १८ से.मी. नाप भएको बुद्धको मूर्ति फेलापर्नुका साथै निजहरु अन्य धातुको मूर्तिलाई सुनको मूर्ति हो भनि देखाई ठगि गर्ने तथा अधिक मुल्य लिई बिक्री गर्ने मनसायले ग्राहकको खोजीमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । कार्यपालिकामा

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

आजको प्रमुख समाचार