नदी–नीति आवश्यक : मन्त्री शाक्य

१४ आश्विन २०६९, आईतवार १९:२५ मा प्रकाशित

काठमाडौं, १४ असोज । नदी सरसफाइ र तिनीहरुको सम्भतासहितको पुनस्थापना गर्न युवालाई जागरुप बनाउने उद्देश्यले आयोजना गरिएको सप्ताहव्यापी रिभर अफ पीस क्याम्पेन आइतबार सम्पन्न भएको छ । विभिन्न संघसस्था, उद्यमी, व्यवसायी, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरु, स्कुल, कलेज आदिस“गको सहकार्यमा भएको क्याम्पेनमा करिव दश हजार सहभागी भएका थिए ।
एक हप्तासम्म चलेको क्याम्पेनको दौरानमा काठमाडौं उपत्यका तथा वरपरका क्षेत्रमा वर्तमान समयका चुनौती, विभिन्न प्रकारका प्रदुषण तथा पर्यावरणीय असन्तुलन आदिको बारेमा गरिएका अध्ययनहरु सार्वजनिक र बहस सञ्चालन गरिएको थियो । यस्तै नदीहरुको दुरावस्था, पीउने पानीको हाहाकार, जमिनमुनीको पानीको घट्दो सतह, खेरजाने वर्षाको पानी, फोहोर मैलाको वैकल्पिक व्यवस्था, अतिक्रमित नदीकिनाराहरुको विषयबस्तुबारे गरिएका अध्ययनहरु सार्वजनिक र बहस समेत भए ।
क्याम्पेनको समापन गर्दै विज्ञान तथा प्रबिधि मन्त्री केशवमान शाक्यले वागमती नदीलाई पुरानै अवस्थामा फर्काउन सबै लागिपर्नु पर्नेमा जोड दिए । आइतबार राजधानिमा आयोजित समापन कार्यक्रममा शाक्यले सरकारले बागमति नदी सफा गर्न आर्थिक तथा प्राबिधिक ब्यवस्थापन पक्षलाई जोड दिने प्रतिवद्धता जनाए । ‘वातावरण प्रेमीहरुलाई नेपालमै राख्ने व्यवस्था गर्नुपर्छ’ उनले भने ‘सरकारले उनीहरुको रोजगारीको व्यवस्था गर्ने सोच बनाइसकेको छ ।’ उनले नदी नीति लागु गर्नुपर्नेमा जोड समेत दिए । सात सालतिर बाग्मतीमा माछा पाइने गरेको स्मरण गर्दै मन्त्री शाक्यले पहिलेकै अवस्थामा पु

नदी–नीति आवश्यक : मन्त्री शाक्य
काठमाडौं, १४ असोज । नदी सरसफाइ र तिनीहरुको सम्भतासहितको पुनस्थापना गर्न युवालाई जागरुप बनाउने उद्देश्यले आयोजना गरिएको सप्ताहव्यापी रिभर अफ पीस क्याम्पेन आइतबार सम्पन्न भएको छ । विभिन्न संघसस्था, उद्यमी, व्यवसायी, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरु, स्कुल, कलेज आदिस“गको सहकार्यमा भएको क्याम्पेनमा करिव दश हजार सहभागी भएका थिए ।
एक हप्तासम्म चलेको क्याम्पेनको दौरानमा काठमाडौं उपत्यका तथा वरपरका क्षेत्रमा वर्तमान समयका चुनौती, विभिन्न प्रकारका प्रदुषण तथा पर्यावरणीय असन्तुलन आदिको बारेमा गरिएका अध्ययनहरु सार्वजनिक र बहस सञ्चालन गरिएको थियो । यस्तै नदीहरुको दुरावस्था, पीउने पानीको हाहाकार, जमिनमुनीको पानीको घट्दो सतह, खेरजाने वर्षाको पानी, फोहोर मैलाको वैकल्पिक व्यवस्था, अतिक्रमित नदीकिनाराहरुको विषयबस्तुबारे गरिएका अध्ययनहरु सार्वजनिक र बहस समेत भए ।
क्याम्पेनको समापन गर्दै विज्ञान तथा प्रबिधि मन्त्री केशवमान शाक्यले वागमती नदीलाई पुरानै अवस्थामा फर्काउन सबै लागिपर्नु पर्नेमा जोड दिए । आइतबार राजधानिमा आयोजित समापन कार्यक्रममा शाक्यले सरकारले बागमति नदी सफा गर्न आर्थिक तथा प्राबिधिक ब्यवस्थापन पक्षलाई जोड दिने प्रतिवद्धता जनाए । ‘वातावरण प्रेमीहरुलाई नेपालमै राख्ने व्यवस्था गर्नुपर्छ’ उनले भने ‘सरकारले उनीहरुको रोजगारीको व्यवस्था गर्ने सोच बनाइसकेको छ ।’ उनले नदी नीति लागु गर्नुपर्नेमा जोड समेत दिए । सात सालतिर बाग्मतीमा माछा पाइने गरेको स्मरण गर्दै मन्त्री शाक्यले पहिलेकै अवस्थामा पुरयाउनका लागि निकै मेहनत गर्नुपर्ने बताए ।
कार्यक्रममा पूर्व प्रधानसेनापति रुक्माङगत कटवालले वागमति नदी सफाइका लागि राजनीतिक तहवाट समेत प्रतिवद्धता आउनु पर्नेमा जोड दिए । उनले नदीको संरक्षणको लागि जनस्तरबाटै पहल हुनुपर्ने बताए । ‘व्यक्तिव्यक्तिस“गको सहकार्यमा आयोजना गरिएकाले नै क्याम्पेन सफल भयो’ उनले भने ‘नागरिकमा चेताना फैलाउन अझै आवश्यक छ ।’ कार्यक्रममा वातावरण विज्ञ डा. किशोर राजभण्डारीले सरकार र राजनीतिक तहमा सुधार आएमात्र वातावरणमा सुधार आउने बताए । नदीहरुको दयनीय अवस्थाले गर्दा आफूलाई संरक्षणमा लाग्न प्रेरित गरेको उनले स्मरण गरे ।
कार्यक्रमका क्याम्पेनका सदस्यसचिव विन्दु अधिकारीलेसबै क्षेत्रबाट प्रतिवद्धता आएमा आगामी १० बर्ष भित्र बागमती नदीलाइ स्वच्छ अवस्थामा पुरयाउन सकिने बताए । नदीमा ढल मिसाउने कार्य तत्काल बन्द गरिनुपर्नेमा उनले जोड दिए ।

याउनका लागि निकै मेहनत गर्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले