पश्चिमनेपाल बस ब्यबसायी समितिमा खरेल

१४ आश्विन २०६९, आईतवार १६:०५ मा प्रकाशित

चन्द्रकान्त खनाल रुपन्देही १४ असोज । पश्चिम नेपाल बस ब्यबसायी समितिको अध्यक्षमा दधि खरेल १०२५ विजयी, भएका छन भने उनका प्रतिद्धन्दी नारायण घिमिरे ६८५ पराजित, भएका छन ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा गणेश भट्टराई ११८७ विजयी, भएका छन उपाध्यक्षमा कृष्ण खड्का ८९२ र ध्रुबराज अर्याल ७०१ विजयी, महासचिवमा जीवनकुमार बञ्जाडे १०४० विजयी, सचिवमा गोपालबहादुर पौडेल ८५४ विजयी सहसचिवमा कुष्माखर रेग्मी ८३९ र मोहन पिएस ७१९ विजयी तथा कोषाध्यक्षमा पदमराज गाहा १००९ विजयी, । का.का. सदस्यहरुको मतगणना सुरु भएको छ ।
निर्वाचनमा एकिकृत माओवादी र नेपाली कांग्रेसकाबीच चुनावी तालमेल भएको थियो । घोषित परिणाममा एकिकृत माओवादी पक्षबाट अध्यक्ष र सहसचिव, नेपाली कांग्रेस पक्षबाट उपाध्यक्ष र कोषाध्यक्ष एवं एमालेबाट बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव सहसचिवमा विजयी भएका छन् ।
अन्यको परिणमा आउन बाकी रहेको छ यस क्षेत्रको सबैभन्दा ठुलो समिति रहेको १९ सयभन्दा बढी सदस्य छन भने २१ करोड भन्दा बढी को बजेट यस समितिमा रहेको छ । यस समितिका बस नेपाल अधिराज्य भर संञ्चालनमा रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले