भारत जान लागेका युवतीहरुको उद्धार

१४ आश्विन २०६९, आईतवार १५:५३ मा प्रकाशित

काठमाडौं, १४ असोज । रोजगारीका लागि भारत जान खोज्ने चार युवतीलाई प्रहरीले आइतबार बिहान पूर्वी नाका काँकडभिट्टाबाट उद्धार गरेको छ। शनिबार भ्रपुरको एक होटलमा बास बसेका उनीहरुलाई आइतबार बिहानै सीमापार गरी भारत जान तयार रहेको अवस्थामा स्थानीय प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ। स्रोहदेखि २२ वर्षसम्मका ती युवीहरुको घर सङ्खुवासभा र धरान रहेको बताइएको छ।
अनुसन्धानको क्रममा उनीहरुमध्ये कोहीले लोग्ने भारतमा रहेको र कोहीले आफूखुसी रोजगारका लागि भारत जान खोजेको बताएका छन्। माइती नेपालसँग समन्वय गरी उनीहरुका अभिभावकलाई बोलाएर जिम्मा लगाउने प्रहरीले जनाएको छ। उनीहरुको नाम र ठेगाना गोप्य राखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।

बुटवल । रुपन्देहीबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा उपमहानगरपालिका–२२ का २७ वर्षीय सागर