बुर्का पहिरिएरै पौडी खेल्न अदालतको आदेश

१४ आश्विन २०६९, आईतवार १३:५१ मा प्रकाशित

काठमाडौं, १४ असोज । नांगो छाती भएका केटाहरूसँग नजिक रहेर पौडी खेल्न असजिलो हुने कारण दर्शाउंदै मुसलमान समुदायकी एक बालिकाले विद्यालयको पौडी कक्षा छोड्न दिएको निवेदन जर्मनीको एक अदालतले अस्वीकार गरेको छ । मोरोक्कोबाट आई जर्मनीको फ्रयाङकफर्ट नगरमा अध्ययन गर्दै आएकी १२ वर्षीया बालिकाले ‘पौडी कक्षा छोडी पाऊ’ भनी अदालतमा मुद्दा दायर गरेकी थिइन् । पौडी कक्षा छोड्न अनुमतिका लागि बालिकाले अदालतमा निवेदन दिएअनुसार उनका कानुन व्यवसायीले पनि कुरानअनुसार बालिकालाई आफ्नो शरीर देखाउन तथा अन्य मानिसको नांगो छाती हेर्न अनुमति नभएको तर्क गरेका थिए ।
तर, क्यासेलस्थित प्रशासनिक अदालतले बालिकाको निवेदन अस्वीकार गरिदियो । तथापि, अदालतले उक्त बालिकाले शरीर पूर्ण ढाक्ने बुर्का लगाउन सक्ने निर्णय सुनाएको बताइएको छ । धार्मिक स्वतन्त्रताका नाममा उनलाई यति मात्रै सुविधा दिन सकिने अदालतको फैसलामा उल्लेख छ । पौडी कक्षा अनिवार्य भएको देशमा बालिकाको परिवारले बस्न स्वीकार गरेकाले उनले पौडी कक्षा छोड्न नमिल्ने फैसला अदालतले गरेको एएफपीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन । बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६०० अफगानहरूलाई स्थायी रूपमा बसोबास गर्नेगरी पुनः स्थापना कार्यक्रम

वासिङटन ।आइतबार संयुक्त राज्य अमेरिकाका वरिष्ठ कुटनितिज्ञले उत्तर कोरियालाई वार्तामा आउन आग्रह गरेका छन्। उत्तेजनात्मक क्षेप्यास्त्र परिक्षण अन्त्य गरी तत्काल

अष्ट्रेलिया । अष्ट्रेलियाका स्थायी वासिन्दा र नागरिकले विदेशमा रहेका आफ्ना अभिभावकहरुलाई अष्ट्रेलिया भ्रमणका लागि ल्याउन पाउने भएका छन । कोरोना

न्युयोर्क । कोलम्बियामा सर्वाधिक खोजिएका लागूऔषध तस्कर तथा देशकै सबैभन्दा ठूलो आपराधिक समूहका नायिके पक्राउ परेका छन् । सेना, हवाई

आजको प्रमुख समाचार