दसैंतिहारलाई लक्षित गरी २५ अर्ब नयां नोट बजारमा

१४ आश्विन २०६९, आईतवार १३:३९ मा प्रकाशित

काठमाडौं, १४ असोज । हरेक वर्ष दसैं नजिकिंदै गर्दा सर्वसाधारणलाई नयां नोट साट्न चटारो पर्ने गर्छ । गत वर्ष राष्ट्र बैंकले पर्याप्त नयां नोट उपलब्ध गराउन नसक्दा धरैको मन  कुंडिएको थियो । सर्वसाधारणको यही मनोदसालाई सम्बोधन गर्नेगरी यस वर्षको दसैंका लागि राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ नयाँ नोट बजारमा लैजाने भएको छ। यति मात्र नभई सर्वसाधारणले सर्वसुलभ तरिकाबाट नोट पाउन् भनेर सबै जिल्ला, क्षेत्रीय कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट बजारमा लैजाने दाबी पनि राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंकले आइतबारबाट थापाथलीस्थित आफ्नो बैंकिङ कार्यालयबाट सर्वसाधारणलाई नोट उपलब्ध गराउन सुरु गरेको छ। सर्वसाधारणले अहिले बैंक तथा वित्तीय संस्थाहरुबाट नयाँ नोट लिन सक्छन्। राष्ट्र बैंकले धेरै माग हुने ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट वढी उपलब्ध गराउने छ।दसैंतिहार र छठ पर्वलाई पुग्नेगरी नोट उपलब्ध गराइने राष्ट्र बैंकका एक अधिकारीले जनाए ।
जिल्लास्तरमा आवश्यक पर्ने नोट राष्ट्र बैंकले पठाइसकेको छभने नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयमा रहेको नोट कोषमार्फत जिस्लास्तरमा नोट वितरण हुनेछ। सर्वसाधारणले आफ्नो खाता भएका बैंक र राष्ट्र बैंकका कार्यालयबाट नयाँ नोट लिन सक्ने बताइएको छ।
राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयमा सर्वसाधारणलाई नोट सटही सहज बनाउन तीन काउन्टर राखिने छन्। कुपन लिएर सर्वसाधारणले काउन्टरबाट सटही गर्न सक्ने छन्। नोट सटहीमा सर्वसाधारणको भिड बढे काउन्टर थपिने बताइएको छ । सजिलै नयाँ नोट साट्न नमान्ने बैंक तथा वित्तीय संस्थालाई कारवाही गर्ने पनि राष्ट्र बैकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई