दुर्घटनामा एक अमेरिकी पनि

१४ आश्विन २०६९, आईतवार १२:५२ मा प्रकाशित

काठमाडौं, १४ असोज । गत शुक्रबार भएको सीता एयरको बिमान दुर्घटनामा एक अमेरिकीको पनि मृत्यु भएको पुष्टि भएको छ। दुर्घटनापछि सीता एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई उपलब्ध गराएको नाम सार्वजनिक हुँदा चालकदलका तीनसहित यात्रुतर्फ चार नेपाली, सात बेलायती र पाँच चिनियाँ रहेको उल्लेख थियो। पाँच चिनियाँको नाम सार्वजनिक भए पनि अहिले तीमध्ये एकजना अमेरिकी नागरिक भएको पासपोर्टको प्रतिलिपि हेरेपछि खुलासा भएको सरकारका एक उच्च अधिकारीले बताए ।
उनका अनुसार दुर्घटनामा ज्यान गुमाएका अमेरिकी नागरिक चिनियाँ मूलका थिए। अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका उनको नाम वु हुई थियो। उनको पासपोर्ट नम्बर ४८५२८३७८ हो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

आजको प्रमुख समाचार