नारायणकाजीलाई कांग्रेसी कार्यकर्ताद्वारा अमेरिकामा कालो झण्डा

१४ आश्विन २०६९, आईतवार १२:४३ मा प्रकाशित

काठमाडौं, १४ असोज । नेपाली कांग्रेसका कार्यकर्ताहरुले उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई अमेरिकामा कालोझण्डा देखाएका छन् । न्यूयोर्कमा भएको एक कार्यक्रममा श्रेष्ठलाई कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा देखाएका हुन् । कांग्रेस कार्यकर्ता कराँते खेलाडी मकेन्द्र सिंह, उत्तर अमेरिकाका लागि नेपाली कांग्रेस प्रतिनिधि मुदुला कोइराला, वंशलाल तामाङसहितका कांग्रेसीहरुले श्रेष्ठलाई कालो झण्डा देखाउंदै नाराबाजी गरेको बताइएको छ ।
प्रदर्शनकारीहरुले भट्टराई सरकार अवैधानिक रहेको र तुरुन्त सरकारले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार गठनको माग गरेका थिए । उनीहरुले ज्ञापनपत्र पढेर सुनाउने प्रयत्न गरे पनि आयोजकहरुको विरोध गरेपछि कोइरालाले विरोध पत्र श्रेष्ठलाई बुझाएकी थिइन् । सो पत्रमा माओवादी नेतृत्वको सरकारले निरङ्कुशता लाद्न खोजेको आरोप लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी