‘कांग्रेस किन बन्यो तानाशाहहरुका लागि टाउको दुःखाइ ?’

१४ आश्विन २०६९, आईतवार ०८:१८ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही १४ असोज । राष्ट्रियता, लोकतन्त्र र समाजवादको सच्चा पहरेदार नेपाली कांग्रेस मात्र भएको सो पार्टीका केन्द्रीय सदस्य बाबुराम रानाले दावी गर्नुभएको छ । पार्टीको राप्ती अञ्चल इञ्चार्जसमेत रहनुभएका नेता रानाले रुपन्देहीको करहियामा आयोजित कार्यक्रममा त्यस्तो दावी गर्नुभएको हो । साथै उहाँले कांग्रेसको लोकतान्त्रिक चरित्रकै कारण यो पार्टी तानाशाहहरुका लागि टाउकोदुःखाइ बनेको बताउनुभयो ।
नेपाल तरुण दल करहिया गाउँ समितिले गरेको भेलामा नेता राना सँगै नेपाली कांग्रेस रुपन्देहीका सदस्य एवम् युवा नेता प्रकाशचन्द्र ढकाल, क्षेत्र नं. ३ का सभापति क्याप्टेन यमबहादुर खत्री र तरुण दलका जिल्ला अध्यक्ष चिरञ्जिवी पौडेलले अलोकतान्त्रिक भिडविरुद्ध तरुणहरु विवेकपूर्ण रुपमा प्रस्तुत हुने विश्वास व्यक्त गर्नुभयो ।
सोही अवसरमा पार्टीका महासमिति सदस्य खुमबहादुर भण्डारी, क्षेत्रिय सल्लाहकार हरिप्रसाद ज्ञवाली, पार्टी भवन निर्माण समितिका संयोजक भेषराज पाण्डे, त्यस्तै, हरि न्यौपाने, सतिश चौधरी, हरिलाल पाण्डे, गोविन्द पंगेनी, तरुण दलका जिल्ला उपाध्यक्ष भरतबहादुर के.सी., सचिव अवधविहारी दुवे, जिल्ला प्रतिनिधि गणेश पाठक, नेपाल विद्यार्थी संघका केशव पाण्डे, चिरञ्जिवी बस्याल, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार