आफ्ना कार्यकर्तासंग यस्तो छ खनालको आग्रह

१४ आश्विन २०६९, आईतवार ०८:१७ मा प्रकाशित

काठमाडौं, १४ असोज । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मुलुकमा संविधान निर्माणको कार्यलाई सुनिश्चित गर्न, राष्ट्रिय सहमतिको वातावरण सिर्जना गर्न र एमाओवादीको सर्वसत्तावादविरुद्ध उभिन एमालेका कार्यकर्तालाई आह्‍वान गरेका छन्। एमाले शिक्षा तथा मानवस्रोत विभागद्वारा आयोजित शिक्षक प्राध्यापकहरुको भेलामा अध्यक्ष खनालले एमाओवादीका कारण मुलुक अझ सङ्कटग्रस्त बन्दै गएको तथा लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न चुनौती खडा भएको बताए।
कार्यक्रममा एमाले उपत्यका विशेष समन्वय कमिटीका सचिव सानुकुमार श्रेष्ठले असोज १९ गते काठमाडौं उपत्यकामा आयोजना हुने विरोध प्रदर्शनमा सहभागी हुन एमालेका समर्थक, शुभचिन्तक र सदस्यलाई आग्रह गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ