सुन्दरीघाटमा सौर्य उर्जा प्रणाली

१४ आश्विन २०६९, आईतवार ०८:१४ मा प्रकाशित

काठमाडौं, १४ असोज । नेपाल विद्युत् प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डद्वारा सुन्दरीघाट क्षेत्रमा निर्मित सौर्य ऊर्जा प्रणाली आयोजनाबीच विद्युत् खरिद सम्झौता (पिपिए) गरिएको छ ।
प्राधिकरण निर्मित्त कार्यकारी निर्देशक लवबहादुर घिमिरे तथा सौर्य आयोजनाको सहयोगी जापानको जाइका संस्थाका प्रतिनिधि इको इन्डको उपस्थितिमा प्राधिकरणका प्रसारण तथा प्रणाली सञ्चाल विभागका महाप्रबन्धक राजेश्वरमान सुल्पिया र खानेपानी बोर्डका सदस्य गौतमबहादुर श्रेष्ठबीच पिपिएमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार प्रतियुनिट ५ दशमव १० पैसामा पिपिए भएको हो । ६८०।४ किलोवाटको उक्त सौर्यबाट बर्सेनि उत्पादन हुने आठ लाख ३० हजार युनिट ऊर्जामध्ये प्राधिकरणले करिब ६ लाख युनिट किन्नेछ । सौर्य ऊर्जा प्रणालीबाट उत्पादित विद्युत्को पिपिए गरेको यो पहिलो हो । ‘सौर्यसँग पिपिए भएको पहिलो हो र केन्द्रीय प्रसारण लाइनसँग जोडिएको पनि यो पहिलो आयोजना हो,’ प्राधिकरणका प्रवक्ता शेरसिंह भाटले भने । उनका अनुसार उक्त सौर्य विद्युत् प्रसारण लाइनसँग जोडिसकेको छ । जाइकाको करिब ४७ करोड सहयोगमा लोडसेडिङको समयमा खानेपानी पम्पका लागि उक्त सौर्य आयोजना बनाइएको हो । प्राधिकरणको बैठकले सौर्य ऊर्जाको विद्युत् खरिद सम्झौता ९पिपिए० गर्ने निर्णय गरेको थियो । सम्झौता कार्यक्रममा निमित्त निर्देशक घिमिरेले अन्य वैकल्पिक ऊर्जासमेत पिपिएका लागि आएमा छलफल गरी प्राधिकरण तयार रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९

आजको प्रमुख समाचार