माओवादी संस्थापन पक्षले वैद्य समूहसँग बार्ता गर्ने, वार्ताको जिम्मा प्रचण्डलाई

६ चैत्र २०६८, सोमबार १८:०० मा प्रकाशित

काठमाडौ, ६ चैत । एकीकृत नेकपा माओवादीको संस्थापनले सरकार विरुद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको वरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहलाई वार्ता आउन आग्रह गरेको छ । संस्थापन पक्षको आज बसेको भेलाले वैचारिक छलफलबाटै अन्तरर्विरोधलाई मिलाएर लग्ने निर्णय गरेको हो । ललितपुरको सानेपामा रहेको होटल समिटमा भएको भेलामा सहभागीहरूले वैद्य पक्षलाई कारवाही गर्दा समस्या समाधान नहुने भन्दै सहमतिका लागि प्रयास गर्नुपर्ने धारणा राखेका थिए । छलफलमा सम्मानजनक लडाकु समायोजन, संविधान लेखनमा पार्टीको अडान लगायतका विषयमा पहल गरिनुपर्ने निष्कर्ष पनि निकालिएको छ । वैद्य पक्षसँग सहमति र वार्ताका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई