पार्टी सभापतिमाथि आक्रमण गर्नेलाई नेवि संघले गरयो कारवाही

१४ आश्विन २०६९, आईतवार ०८:०६ मा प्रकाशित

काठमाडौं, १४ असोज । नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई काठमाडौँको कपनमा भएको सभामा आक्रमण गर्ने प्रवेश बस्नेतलाई नेवि सङ्घले साधारण सदस्यसमेत नरहने गरी दुई वर्षका लागि निश्कासित गरेको छ। नेवि सङ्घका अध्यक्ष रञ्जित कर्णले बस्नेतलाई दुई वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरिएको जानकारी दिंदै आक्रमणप्रति सङ्घले खेद प्रकट गरेको र घटनाको छानबिन गर्न सरकारसँग माग गरिएको बताए ।
नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ४ को अधिवेशनमा भाग लिने क्रममा शनिबार बिहान सभापति कोइरालामाथि बस्नेतले आक्रमण गरेका थिए । बस्नेत नेवि सङ्घ काठमाडौँका पूर्व सहसचिव तथा क्षेत्र नं ४ का सभापति हुन्। आयोजकले आफूलाई बेवास्ता गरी मञ्चमा आसन ग्रहण नगराएको भन्दै बस्नेतले आक्रमण गरेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको