उपत्यकाका सागसब्जी कति सुरक्षित ?

१४ आश्विन २०६९, आईतवार ०८:०४ मा प्रकाशित

काठमाडौं, १४ असोज । राजधानीमा पाइने काँचो सागसब्जी काँचो उपयोग गर्दा घातक रोगहरुले आक्रमण गर्नसक्ने सम्भावना व्यापक रहेको सूक्ष्म जीव विशेषज्ञहरुले बताएका छन् । सामान्य रूपले धोएजस्तो मात्र गरी बजारमा पठाइने हुनाले यहाँ पाइने धेरैजसो काँचो तरकारी दूषित हुने गरेको उनीहरुको ठहर छ ।
हालैको एउटा अध्ययनअनुसार, उपत्यकामा पाइने काँचो तरकारी परजीवी संक्रमण फैलाउने सम्भावित स्रोत हुन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को आयोजनामा हालै सम्पन्न तीनदिने छैठौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलनमा सूक्ष्मजीव विशेषज्ञहरूले उक्त अध्ययन प्रस्तुत गरेका हुन् । अध्ययनकर्ताहरू उपत्यकाबाट एक सय ६० वटा तरकारीको नमुना प्रयोगपछि यो नतिजामा पुगेको लाबी गरिएको छ ।
उक्त नमुनामध्ये ९५ वटा बजारबाट र ६५ वटा खेतबाट संकलन गरिएको थियो । बजारबाट संकलित नमुना कालिमाटी, बागबजार, लगनखेल, ग्वार्को, गोंगबु, कलंकी र ठिमीको थियो भने खेतबाट संकलित नमुना ठिमी, पेप्सीकोला, टोखा, बोडे लगायतका क्षेत्रको थियो । ती नमुनाहरू रायोको साग, धनियाँ, पालक, गाजर, मुला, हरियो प्याज र लसुन, बन्दाकोबी र कोइरालाको थियो ।
कांचो तरकारीमा भएको प्रोटोजोवा र जुका प्रजातिका परजीवी पत्ता लगाउन स्तरीय मापदण्ड अपनाइएको र उत्पादन भएका खेतबारीबाट लिइएको नमुनामा ७६.९ प्रतिशतमा परजीवीहरू देखिएका थिए । त्यस्तै बजारबाट लिइएको नमुनामा ३३.३ प्रतिशतमा परजीवी भेटिएको अध्ययनमा संलग्न कान्तिपुर कलेजका सूक्ष्मजीव विज्ञान विभागका संयोजक नवराज अधिकारीले बताए ।
तरकारीहरूमा जुका प्रजातिका परजीवीअन्तर्गत अंकुशे कीरा (हुक वर्म), स्ट्रङ्गलिोइस, टेनिया, ट्राइसोरिस, एस्केरिस (जुका), इन्टेरोवियस पाइएको थियो । यस्तै तरकारीमा पाइएको प्रोटोजोवाले मानिसमा संक्रमण गर्छ । तरकारीमा पाइएका प्रोटोजोवाहरूमा आउँ पार्ने परजीवी एन्टा अमिवा हिस्टोलाइटिका, जियाइडिया, साइक्लोस्पोरा, क्रिप्टो स्पोरिडियम, ब्यालेन्टिडियमकोलाई पाइएको थियो ।
यसरी काँचो तरकारीमा देखिएका जुका र प्रोटोजोवाले स्वास्थ्य समस्या उत्पन्न गर्छन्ु । अध्ययनमा प्रतिक्रिया दिंदै स्नायु शल्यचिकित्सक डा. वसन्त पन्तका अनुसार फोहोर सलादमा पाइने टेनिया अर्थात फित्ते कीरा मुलुकमा बयस्कमा देखिने छारे रोग हुनुको ७० प्रतिशतसम्म कारक तत्त्व हो । सलाद वा काँचो सागसब्जीको माध्यमले फित्ते कीराका फूल पेटमा गएर लार्भा बन्ने गर्छन् । यसपछि यो लार्भा रक्तसञ्चालनमा गएर मस्तिष्कमा पुग्छ र छारे रोगको लक्षण उत्पन्न हुन्छ । यसलाई सिस्टि सर्कोसिस भन्ने गरिन्छ । यसका लागि कहिलेकाहीं शल्यक्रियासम्म गर्नुपर्ने बाध्यता आउन सक्ने उल्लेख गर्दै डा. पन्तले भने, ुपोटास पानीमा करिव १० मिनेटसम्म काँचो तरकारी डुबाई पाखालेर सलाद खानुस् ।ु
सूक्ष्म जीव विशेषज्ञहरूका अनुसार खेतमा उत्पादित तरकारी नदीमै पखाल्ने चलनलेसमेत समस्यामा वृद्घि गरेको हो । काँचै खाइने तरकारीको उपयोग गर्दा सामान्य रूपले धुने मात्र नभई ुग्लान्टिङ्गु प्रक्रिया अपनाए यस्ता परजीवीको संक्रमणबाट बच्न सकिन्छ । यो प्रक्रियाअन्तर्गत उम्लेको पानीमा केही समय (करिव एक मिनेट) काँचो खाने तरकारीलाई डुबाएर निकालेपछि मात्र सलादको रूपमा खाने गरिन्छ । यस्तै पोटासपानीमा करिव १० मिनेट राखी पखालेर खाँदा पनि संक्रमणबाट धेरै हदसम्म बच्न सकिनेसमेत उनीह बताउँछन् । सूगै सलादमा व्यापक उपयोग गरिने मुला र गाजरको बोक्रा ताछेर खानु नै बुद्घमिानी रहेको विज्ञहरुको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या