जनसंघर्षबाट राजसंस्था स्थापना गरिने थापाको उद्घोष

१४ आश्विन २०६९, आईतवार ०८:०२ मा प्रकाशित

काठमाडौं, १४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनस्थापनाले मात्रै वर्तमान राजनीतिक संकटबाट मुलुकलाई जोगाउने दाबी गर्दै जनसंघर्षबाट मुलुकमा राजसंस्था पुनस्थापना गरिने बताएका छन् । वीरगन्जमा शनिबारदेखि सुरु भएको राप्रपा नपालको विस्तारित बैठकको उद्घाटन गर्दै अध्यक्ष थापाले चार दलको सिन्डिकेटकै कारण मुलुक अहिलेको राजनीतिक र संवैधानिक जटिलतामा फसेको आरोप लगाए । राप्रपा नेपाल पनि यो मुलुकको प्रमुख राजनीतिक शक्ति भएको उल्लेख गर्दै थापाले आगामी चैत या वैशाखमा संविधानसभाको नयाँ चुनाव हुने र उक्त निर्वाचनबाट आफ्नो पार्टीले विशेष हैसियत हासिल गर्ने दाबी पनि गरे । वीरगन्जको विस्तारित बैठकले चुनावकै रणनीति तय गर्ने उनको कथन थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राप्रपा नेपालका वरिष्ठ नेता केशरबहादुर विष्टले संघीयता नेपालका लागि उपयुक्त नरहेको बताए । नेपालजस्तो सानो मुलुकमा संघीयता अपनाउँदा मुलुक टुक्रन सक्ने खतरा रहेको उनले औँल्याए । बैठक उद्घाटनमा राप्रपा नेपालका सहअध्यक्ष पदमसुन्दर लावती, उपाध्यक्ष राजीव पराजुली, महामन्त्री चन्द्रबहादुर गुरुङलगायतका नेताले सम्बोधन गरेका थिए ।

यसैबीच राप्रपा नेपालको केन्द्रीय विस्तारित बैठक शनिबारदेखि नै वीरगन्जमा सुरु भएको छ । वीरगन्जको घन्टाघर चोकस्थित विपी उद्यान परिसरमा जनसभाको आयोजना गरी अध्यक्ष कमल थापाबाट विस्तारित बैठकको उद्घाटन गरिएको थियो । जनसभामा पर्सा, बारा, मकवानपुर, रौतहट, चितवनलगायतका जिल्लाबाट आएका कार्यकर्ताको सहभागिता थियो ।

यस्तै, आइतबार बिहानदेखि सुरु हुने विस्तारित बैठकको बन्दसत्रमा केन्द्रीय समिति सदस्य, जिल्ला अध्यक्ष, उपाध्यक्ष र सचिव, भ्रातृ संगठनका पदाधिकारीलगायत देशभरबाट करिब आठ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने सो पार्टीले जनाएको छ । भोली सोमबारसम्म चल्ने विस्तारित बैठकको बन्दसत्रमा अध्यक्ष कमल थापाले चुनावी कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष राजीव पराजुलीले तराई–मधेसका मुद्दासम्बन्धी प्रतिवेदन र महामन्त्री चन्द्रबहादुर गुरुङले संगठन सुदृढीकरणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

आजको प्रमुख समाचार