प्रचण्डको अस्थिर चरित्र मुलुकका लागि अभिसाप भएको दाबी

१४ आश्विन २०६९, आईतवार ०८:०० मा प्रकाशित

काठमाडौं, १४ असोज । एमाओवादी अध्यक्ष प्रचण्डको षडयन्त्रकारी बुद्धि, हिंश्रक चेतना र कपटी मनका कारण मुलुकमा एकल व्यक्तिको सत्ता स्थापनाको सम्भावना बढेको आरोप नेकपा एमालेका पोलिटव्यूरो सदस्य प्रदिप नेपालले लगाएका छन् । प्रचण्डको उल्टो सोचकै कारण मुलुक उग्रवामपन्थी निरंकुशता तर्फ उन्मुख भएको दाबी गर्दै नेपालले भने, ‘प्रचण्ड बोलिको ठेगान र स्थायी विचार नभएका व्यक्ति भएको र काँग्रेस एमालेका नेताले उनको कुटिलता बुझन नसकेको कारण यो समस्या उत्पन भएको हो ।’ नेता नेपाल एमाले क्षेत्रीय कार्यकर्ता भेलालाई शनिबार उदयपुरको कटारीमा सम्बोधन गर्दै थिए ।
प्रजातन्त्रमाथि विश्वास गर्ने सम्पूर्ण लोकतान्त्रीक शक्ति एकजुट भए मात्र माओवादी निरकुशतालाई अन्त्य गर्न सकिने बताउंदै उनले लोकतन्त्रको हत्या भयो भने वाकस्वातन्त्रताको समाप्तिसँगै संचार क्षेत्रमा आपत आइपर्ने चेतावनी दिए ।
वर्तमान सरकार रहुन्जेलसम्म लोकतान्त्रीक शक्तिले माओवादीसंग कुनै वार्ता नगर्ने बताउदै नेता नेपालले एमालेभित्र एकल जातिय पहिचान सहितको संघियताको मुद्दा झिकेर पार्टी कमजोर बनाउन खोज्नेहरु आफै समाप्त भएर जाने दाबी पनि गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल