शिक्षकको हत्या, अपरिचित युवकको मृत्यु

१३ आश्विन २०६९, शनिबार २०:४२ मा प्रकाशित

दाङ, १३ असोज । दाङमा अचेत अवस्थामा फेला परेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
शुक्रवार राति अचेत अवस्थामा फेला परेका परिचय नखुलेका युवकको उपचारका क्रममा मृत्यु भएको हो ।
नारायणपुर–४, सौडीमा अचेत अवस्थामा फेलाका मृतकको उमेर अन्दाजी ३५ वर्षको रहेको प्रहरीले जनाएको छ ।
नाम ठेगाना खुल्न नसकेका उनको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा शव पोष्टमाटम गरेर राखिएको जिल्ला जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।
यसैबीच दाङ जिल्ला घर भई जाजरकोटको माल्टाकुरा मावि अछोतीमा अध्यापनरत एक शिक्षकको मृत्यु भएको छ ।
दाङ पञ्चकुले–१ घर भएका ४३ वर्षीय ठाकुरप्रसाद केसी स्थानीय जंगलमा आज विहान सात मृत्त फेला परेका हुन् । स्थानीय जनकवहादुर शाहीको घरबाट शुक्रबार बेलुका वाहिर निस्केका केसी जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शिक्षक केसीको हत्या गरेर फालेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर