भट्टराई सरकार फाल्न आन्दोलन होइन सहमतिको खांचो : सुजाता

१३ आश्विन २०६९, शनिबार २०:३६ मा प्रकाशित

काठमाडौं, १३ असोज । आफ्नो बेलगाम बोलीका कारण बेलाबेला विवादमा तानिने गरेकी कांग्रेस नेतृ सुजाता कोइरालाले नेपाली कांग्रेस, एमालेलगायतका विपक्षी दलहरुले सुरु गर्न लागेको आन्दोलन फजुल रहेको भन्दै विरोध गरेकी छन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच उनले सरकारविरुद्ध विपक्षी दलहरुले गर्ने भन्ने आन्दोलनको कुनै आवश्यकता नरहेको बताइन् । नेतृ कोइरालाले विपक्षीहरुको त्यस्तो आन्दोलनलाई नेपाली जनताले साथ नदिने ठोकुवा समेत गरिन् ।
यसरी विपक्षी पार्टीहरुको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको एक जिम्मेवार नेताले नै आन्दोलनको विरोध गर्दैगर्दा आगामी सोमबार पत्रकार सम्मेलन गरी सरकारविरोधि दलहरुले भने आन्दोलन घोषणा गर्ने तयारी गरिरहेका छन् ।
सुजाताले आफूसंग आन्दोलनको बारेमा कसैले सल्लाह नगरी घोषणा गरेकोले आफूले विरोध गरेको निकटवर्तीहरुसंग बताउने गरेको बुझिएको छ । सरकार परिवर्तन गर्ने कार्य आन्दोलनबाट नभई सहमतिबाटै गर्नुपर्ने तर्क पनि सुजाताले गरेकी छिन् । मुलुकलाई निकास दिन राष्ट्रपतिले प्रजातान्त्रिक रुपमा ‘एक स्टेप’ अघि चाल्नु पर्ने आवश्यकता औल्याउँदै उनले दलहरुले सहमतिको सरकार दिन नसकेकोले राष्ट्रपतिले नयाँ प्रधानमन्त्री दिनुपर्ने जिकिर गरिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगका सदस्य सचिव

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका