उपभोग्य वस्तु आयातनिर्यातमा भारतीय गाडीलाई अवरोध नगरिने

१३ आश्विन २०६९, शनिबार २०:२२ मा प्रकाशित

काठमाडौं, १३ असोज । नेकपा माओवादी सम्बद्ध जनवर्गीय सङ्गठनहरुले दैनिक उपभोग्य वस्तुहरुको आयातनिर्यातमा प्रयोग हुने कुनै पनि भारतीय सवारी साधनलाई अवरोध नगरिने बताएका छन्। सो पार्टीसम्बद्ध १० वटा विभिन्न वर्गीय संगठनहरुले शनिबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी पेट्रोल, डिजेल, ग्यासलगायतका दैनिक उपभोग्य वस्तुहरुको आयात गर्ने भारतीय नम्बर प्लेटका कुनै पनि सवारी साधनलाई अवरोध नगरिने जनाएका हुन्।
आफूहरुले स्वाधीन राष्ट्रिय अर्थतन्त्रको विकास र विस्तारका लागि सुरु गरेको आन्दोलनका कारण कोही कसैलाई त्यसबाट समस्या परेको भए सो सच्याउनसमेत तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसरी विज्ञप्ति प्रकाशित गर्नेहरुमा नेकपा माओवादीनिकट आदिवासी जनजाति महासङ्घका महासचिव सुरेश आलेमगर, अखिल नेपाल महिला सङ्घ ९क्रान्तिकारी०का संयोजक जयपुरी घर्ती, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका तिलक परियार, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली, अखिल नेपाल क्रान्तिकारी टे्रड युनियन महासङ्घका संयोजक रामदीप आचार्यलगायत १० वटा जनवर्गीय सङ्गठन रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ