राजनीतिक स्थायित्व नभए आर्थिक विकास असम्भव : मन्त्री बेल्वासे

१३ आश्विन २०६९, शनिबार २०:२० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही १३ असोज । श्रम तथा रोजगार मन्त्री कुमार बेल्बासेले राजनीतिक स्थायित्व नहुंदासम्म आर्थिक विकास हुन नसक्ने बताएका छन् । आर्थिक बिकासका लागि उद्योग धन्धाको बिकास जरुरी भएको भन्दै मन्त्री बेल्बासेले त्यसको लागि राजनीतिक खिचतानी अन्त्य हुनुपर्ने बताए ।
ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देही नेपालको प्रथमसाधारण सभाको शनिवार बुटवलमा उद्घाटन गर्दै मन्त्री बेल्बासेले आर्थिक विकासमा सक्रिय हुनका लागि व्यवसायीलाई आग्रह गरे । ‘राजनीतिक खिचातानी कहिले हट्छ निश्चित हुदैन, तपाईहरु आफै उद्योग धन्धाको बिकासमा लाग्नुस, उनले भने । देशको संक्रमणकालिन अवस्थाका कारण नेपालीहरु बिदेशी समानसंग आश्रित हुनु परेको बताउदै उनले साना उद्योग मार्फत देशलाई सक्षम बनाउनु पर्ने बताए । नेपाल स्रोत साधानमा कमजोर नभए पनि त्यसको सदुपयोगमा कमजोर रहेको उनले औल्याए । कमिसनको खेल र विदेशीको दवावका कारण नेपाली स्रोत साधन निक्रिय रहेको उनले बताए । नेकपा माओबादीले गरेको भारतीय यातायात नेपाल प्रबेशमा रोकको बिरोध गर्दै मन्त्री बेल्बासेले त्यस्ता क्रियाकलापले दुई देशबीचको आपसी मेलमिलापमा खलल पु¥याउने बताए । एकीकृत नेकपा माओबादीका केन्द्रिय सदस्य बामदेब क्षेत्रीले ग्रील उद्योगले सहकारी मार्फत उद्योग सञ्चालन गरी रोजगार सिर्जना गर्न आग्रह गरे । साझा हार्डबेयर खोलेर संघले उदहारणिय काम गरेको भन्दै उनले उद्योगलाई पनि सहकारीमै लैजादा राम्रो हुने बताए । कार्यक्रममा बोल्दै ग्रील तथा स्टिल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मोहन कटुवालले सरकारले हजारौं रोजगारी दिएको ग्रील उद्योगलाई बेवास्था गरेको बताए ।
‘नेपाल ग्रील व्यवसायमा आत्मनिर्भर छ, तर त्यसरी आत्मनिर्भर रहेको व्यवसाय राज्यबाट ओझेलमा छ’, उनले भने । नेपालभरी रहेका ग्रील उद्योगहरुले १ लाख रोजगार सिर्जना गरेको र बार्षिक ७ करोडको कारोबार गरेको उनले जनाकारी दिए । संघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष अशोक बर्माले रुपन्देहीमा ग्रील जोनको आवश्यकता रहेको औल्याउदै त्यसका लागि पहल गरिदिन मन्त्रीलाई आग्रह गरे । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष जेपी गुप्ता, अम्बरबहादुर गुरुङल गायतले बोलेका थिए । साधारण सभाको अवसरमा संघले ग्रील बुलेटिनको बिमोचन गरेको थियो । त्यस्तै संस्थालाई सहयोग पुरयाउने संघ संस्था तथा व्यक्तिलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

कोभिड–१९ को डेल्टा भेरिएन्ट र आँधीका कारण प्रभावित बनेको अमेरिकी अर्थतन्त्रले गत हप्ता लगातार दोस्रो पटक पनि बेरोजगारी भई सहयोगका

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो महिनामै ७५ अर्ब ९६ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार

काठमाडौं, ७ असाेज । नेपाल राष्ट्र बैंकले नयाँ नोटको प्रयोग जतनसँग गर्न आग्रह गरेको छ । ४ असोजदेखि नयाँ नोट वितरण