सहकारीको बजेट ३१ करोड

१३ आश्विन २०६९, शनिबार २०:१२ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १३ असोज । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड मधवलिया ४ रुपन्देहीको सातौ साधारण सभा शनिबार कोटीहवामा सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका व्यवस्थापक रनबहादुर थापाले आर्थिक वर्ष २०६८/०६९ को ३१ करोड २ लाख ६४ हजार ३ सय २३ रुपैया बराबरको आय÷व्यय प्रस्तुत गर्नु भएको थियो । त्यस्तै आर्थिक वर्ष २०६९/०७० को ४५ करोड ५७ लाख ५७ हजार ७ सय ३२ रुपैया बराबरको अनुमानित आय व्यय प्रस्तुत गरिएको थियो । उक्त अनुमानित बजेटलाई सभाले सर्वसम्मत पारित गरेको छ । त्यसै गरी सभाले निर्वाचन निर्देशिका २०६५, बचत तथा ऋण नीति २०६३ र विनियम २०६२ संशोधन गरेको छ ।
कार्यक्रममा प्रवेशिका परीक्षा २०६८ मा शेयर सदस्यका छोरा छोरीबाट उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयका अस्मिता शर्मा र टिका बुढाथोकी तथा निजी विद्यालयका निर्मला केसी र संजीब ढुङ्गानालाई विशेष टर्फीबाट पुरस्कृत गर्नुका साथै अन्य उत्र्तीण ३६ जना छोरा छोरीहरुलाई प्रमाण पत्र र पुरस्कारद्वारा सम्मान गरिएको थियो । त्यस्तै महिला र पुरुष गरी २ जना जेष्ठ शेयर सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । गोलाप्रथाद्वारा ३२५ जना असल ग्राहक मध्ये ३ जना असल ग्राहक र समयमा उपस्थित भएका सबै शेयर सदस्यहरु मध्ये ३ जना शेयर सदस्यहरुलाई पुरस्कृत पनि गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बचत तथा ऋण सहकारी संस्था रुपन्देहीका अध्यक्ष भिम तुलाचनले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को अवसरमा संस्थाले सहकारी जनचेतना फैलाउन भुमिका खेलेको भन्दै सराहना गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

कोभिड–१९ को डेल्टा भेरिएन्ट र आँधीका कारण प्रभावित बनेको अमेरिकी अर्थतन्त्रले गत हप्ता लगातार दोस्रो पटक पनि बेरोजगारी भई सहयोगका

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो महिनामै ७५ अर्ब ९६ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार

काठमाडौं, ७ असाेज । नेपाल राष्ट्र बैंकले नयाँ नोटको प्रयोग जतनसँग गर्न आग्रह गरेको छ । ४ असोजदेखि नयाँ नोट वितरण