‘इनोसेन्स अफ मुस्लिम’का निर्मातालाई जेल हाल्ने आदेश

१३ आश्विन २०६९, शनिबार १९:५६ मा प्रकाशित

काठमाडौं, १३ असोज । विश्वभरका मुस्लिम समुदायलाई आक्रोशित तुल्याएर धनजनको व्यापक क्षति पुरयाउन कारकतत्व बनेको फिल्म ‘इनोसेन्स अफ मुस्लिम’ फिल्मका निर्मातालाई अमेरिकाको एक अदालतले जेल हाल्न आदेश दिएको छ। अदालतले एत्रः फिल्मका निर्माता नाकोल भैसल नाकोलको धरौटी अस्वीकार मात्र गरेन, उनीमाथि बैंकिङ अपराधको मुद्दा पनि लगाइएको छ।
इश्लाम धर्मलाई प्रहार गर्ने गरी फिल्म बनाएपछि विश्‍वका मुस्लिम समुदाय विरोधमा उत्रिएको थियो। यसक्रममा धेरै मुलुकमा प्रदर्शन र अमेरिकाविरोधी गतिविधि तिब्र भए भने ५० भन्दा धेरैले यो फिल्मकै कारण ज्यान गुमाउनु पर्‍यो।
अदलातले नाकोलको धरौरी अस्वीकार गर्दै जेल हाल्ने फैसला सुनाएसंगसंगै उनीबारे थप कुरा सार्वजनिक भएको छ । पटक पटक नाम फेर्दै अपराधिक गतिविधि संचालन गरेको आरोप उनीमाथि लागेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा

न्यूयोर्क । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण उच्च विन्दुमा पुगेर नियन्त्रणमा आएका भारत, बेलायत, अमेरिका