भारतीय गाडी रोक्नु मधेसविरोधि कदम : मन्त्री महतो

१३ आश्विन २०६९, शनिबार १९:४६ मा प्रकाशित

भद्रपुर, १३ असोज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले सबै राजनीतिक दलबीच सहमति भए दसैँतिहारअगाडि नै राष्ट्रिय सहमतिको सरकार बन्ने दाबी गरेका छन्।
रिपोर्टस क्लब मेचीको आयोजनामा बिर्तामोडमा भएको साक्षात्कार कार्यक्रममा उनले राजनीतिक दलहरुबीच सहमतिका लागि एमाओवादीले इमानदारितापूर्वक भूमिका निर्वाह गरिरहेको भए पनि नेपाली काँग्रेस र नेकपा एमालेले बाधा सिर्जना गरिरहेको आरोप लगाए ।

संविधानसभाको विघटन नेपाली काँग्रेस र एमालेको कारणले भएको आरोप लगाउँदै उनले नेपाली जनतालाई सङ्घीयतासहितको संविधान चाहिएकाले यसका लागि निर्वाचनमा जान सकिने वा संविधानसभालाई केही दिनका लागि ब्यूँताउन सकिने धारणा राखे ।
अवैधानिक रुपमा सञ्चालित देशभरका स्वास्थ्य क्लिनिकहरुलाई बन्द गर्न सरकार ठोस रुपमा अग्रसर भएको उल्लेख गर्दै उनले त्यस्ता स्वास्थ्य क्लिनिकका सञ्चालकहरुमाथि आवश्यक कारबाही गरिने बताउए ।
उनले नेकपा माओवादीले भारतीय नम्बर प्लेटको गाडीका साथै हिन्दी चलचित्र चल्न नदिने भनेर गरेको कार्य मधेस विरोधी रहेको उल्लेख गरे ।
यस्ता कार्यले छिमेकीसँगको सम्बन्ध बिर्गानुका साथै नेपाली जनतामा खाना पकाउने ग्यास र दैनिक उपभोग्य सामानको अभाव हुने मन्त्री महतोले बताए । रासस

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन

काठमाडौं । जसपा नेता डा. बाबुराम भट्टराईले पाँच ‘स’को सपना देखेर एकीकृत माओवादी त्यागेको ६  वर्ष पूरा भएको छ । संविधान

काठमाडौं । यदि संसद् सचिवालयमा कार्यरत एक महिलासँग अन्तरंग सम्बन्ध जोडिएको घटना सार्वजनिक नभएको कृष्णबहादुर महराले अहिले माओवादी केन्द्रमा ठूलै

काठमाडौं ।सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि नयाँ मन्त्री नियुक्त गर्नुअघि राजनीतिक दलसम्बन्धी अध्यादेशबारे निर्णय गर्नुपर्ने सहमति भएको छ ।