भारतीय गाडी र सिनेमा बन्द गराउनका लागि आन्दोलन गरिएको होइन : वैद्य

१३ आश्विन २०६९, शनिबार १२:०६ मा प्रकाशित

काठमाडौ, १३ असोज । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले राष्ट्रिय स्वाधीनताको आन्दोलनअन्र्तगत भारतीय नम्बर प्लेटका सवारी साधन र चलचित्र पुरै बन्द गराउन आन्दोलन नगरेको स्पष्ट पारेका छन् । उनले राष्ट्रिय स्वाधीनताको विषयमा मुलुकमा बहस पैदा गर्न आफूले हिन्दी भाषाको चलचित्र र भारतीय नम्बर प्लेटको सवारी साधन निषेध गर्ने आन्दोलन थालेको तर्क गरे । एक अन्तरवार्ताका क्रममा उनले भने– ‘हामी भारतविरोधी होईनौं, भारतको विस्तारवादी शासकका विरोधी हौं । हामी सबै विदेशी मित्र राष्ट्रहरुसँग राम्रो सम्बन्ध बनाएर जाने योजनामा छौं ।’ बैद्यले भारतसँग सवारी साधन र चलचित्र भन्दा धेरै ठूला ठूल समस्या भएको भन्दै आफूहरुले स्वाधिनताको आन्दोलनमा पुनविचार गर्न सक्ने सम्भावना जताए । आफूहरुले प्रधानमन्त्रीसँग बुझाएको ७० बुँदे माग पुरा गर्नेतर्फ प्रधानमन्त्रीले ध्यान नदिएकोले पनि बार्ता गर्नु बाध्यता भएको बैद्यको कथन थियो । भारत र नेपालवीचको सम्बन्ध ठूल्दाई र सान्दाईको हिसावमा चल्न नसक्ने भन्दै वैद्यले दुई मुलुकको सम्बन्ध समानताको आधारमा चल्नु पर्ने जिकिर गरे । प्रधानमन्त्री डा बाबुराम भट्टराईले सहज रुपमा सरकार नछाडे आन्दोलनबाट हट्नुको विकल्प नरहेको भन्दै विवाद भए पछि राजिनामा दिएर बाबुरामभन्दा राजनीतिमा प्रचण्ड नैतिकवान देखिएको बताए । काग्रेस र एमालेको गठबन्धनसँग आफ्नो धेरै विषयमा असहमति रहेकोले सो गठबन्धनमा सहभागी भएर आन्दोलन नगर्ने स्पष्ट पार्दै बैद्यले सँगै आन्दोलन नगरे पनि आन्दोलनमा समर्थन भने रहने जिकिर गरे । एमाओवादीसँग धेरै विमती रहेकोले पार्टी एकता हुनै नसक्ने स्पष्ट पार्दै दुई पार्टीवीच सम्पत्ति वाँडफाडमा कुरा मिले पनि पैसा बांडफाडमा कुरा अहिलेसम्म पनि मिल्न नसकेको उनले खुलासा गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्ने तय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्